सुदिप लिम्बुलाई रु ५० हजार छात्रबृत्ती रकम हस्तान्तरण

14Shares

बैसाख १० धनकुटा ।

छथर जोरपाटी गाउँपालिका धनकुटाले बिज्ञान बिषयमा प्रदान गरेकोे छात्रबृत्ती अनुदान रकम हस्तान्तरण गरेको छ ।

छात्रबृत्ती पाउने महाकाली मा.बि.ताम्लिङ्ग वडा नं. ५ का सुदिप लिम्बूलाई पालिकाले बिहिबार छात्रबृतती बापतको नगद रु ५० हजार हस्तान्तरण गरेको हो ।

पालिका अध्यक्ष शेरबहादुर लिम्बू,उपाध्तीक्ष भीमकला र शिक्षा शाखा प्रमुख निर्मला सुबेदीले लिम्बू र उनको बुवा काल बहादुर लिम्बूलाई चेक रकम हस्तान्तरण गर्नुभएको थियो ।

छात्रबृती पाउने लिम्बू ०७६ सालमा एस.ई.ई.पास गरी हाल धनकुटा नगरपालिकाको गोकुण्डेश्वर मा.बि.मा कक्षा ११ मा अध्ययनरत रहेका छन् ।

पालिकाले माघ १९ गते प्रकाशित सूचनाका आधारमा यो बर्ष पालिकाका १० मा.बि.बिद्यालयबाट उनको मात्र दरखास्त परेको थियो ।

14Shares