पत्रकार अचारसंहिता र कोभिड १९ ले मिडियामा परेको प्रभावबारे अन्त्तर्क्रिया कार्यक्रम सम्पन्न

17Shares

वैशाख १३ तेह्रथुम ।

प्रेस काउन्सिल नेपालको आयोजनामा कोभिड १९ ले मिडियामा परेको प्रभाव र पत्रकार अचारसंहिताबारे अन्त्तर्क्रिया कार्यक्रम तेह्रथुमको म्याङलुङमा आज सम्पन्न भएको छ ।

प्रेस काउन्सिल सदस्य ठाकुर बेलबासेले पत्रकार आचारसंहिताले पत्रकारलाई कामप्रति जिम्मेवार बनाउने भएकाले यसको पुर्ण पालना गर्नु पर्ने बताउनु भयो ।
प्रेस काउन्सिल १ नं प्रदेश सदस्य दिपक पान्डेले हालको अबस्थामा फेसबुक र युट्युबले वास्तविक पत्रकार लाई प्रभाव पारेको बताउनु भयो ।जुन ठाँउमा सक्षम र निष्पक्ष सञ्चार माध्यमको विकास हुदैन त्यहाँको समाजले विकास र निकास नपाउने पान्डेले बताउनु भयो ।

प्रमुख अतिथि म्याङ्लुङ नगरपालिकाका नगर प्रमुख सन्जय कुमार तुम्बाहाम्फेले हरेक पत्रकारले समाचार लेख्नु भन्दा अगाडि आचारसंहिता सम्झेर सत्य समाचार लेख्ने हो भने सञ्चार माध्यम र पत्रकारमा कुनै पनि समस्या नहुने बताउनु भयो ।छलफलमा सहभागी पत्रकारहरूले कोभिड-१९ को समयमा काउन्सिलले पत्रकारका निम्ति ल्याइएको कार्यक्रम ,प्रेस काउन्सिल ऐन २०४८ ले दिएको अधिकार ,पत्रकार आचारसंहिता २०७३ ,कोभिड-१९ ले गर्दा रोजगारीमा पारेको प्रभाव ,पत्रकारले पाउनु पर्ने न्युनतम पारिश्रमिकबारे अन्त्तर्क्रिया गरेका थिए ।

नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाको संयोजनमा सम्पन्न अन्त्तर्क्रियात्मक कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य ठाकुर बेलबासे र प्रेस काउन्सिल १ नं.प्रदेशका सदस्य दिपक पान्डेले सहजिकरण गर्नु भएको थियो ।

नेपाल पत्रकार माहासंघ तेह्रथुम शाखाका अध्यक्ष अमृत बास्कोटाको सभापतित्व तथा म्याङ्लुङ नगरपालिकाका नगर प्रमुख सन्जय तुमाम्बाहाम्फेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

17Shares