छोरी उपचार गर्न नोबेल हस्पिटल झरेका धनकुटाका एक ब्यक्ति बेपत्ता

25Shares

वैशाख २१ धनकुटा ।

धनकुटाकाे छथरजाेरपाटी गाउँपालिकाबाट एक व्यक्ति विगत एक हप्ताबाट वेपत्ता भएका छन् ।

छथरजाेरपाटी गाउँपालिका वडा नं २ का ५० वर्षका भुपेन्द्र सुब्बा गएकाे मंगलबार विहान ८ वजेदेखी विराटनगरबाट हराएका हुन् ।

वैशाख ११ गते विराटनगरको नाेबेल हस्पिटलमा छोरीलाई उपचार गराउन गएका लिम्बू १४ गते मंगलवार हस्पिटलबाट बाहिर जान्छु भनेर निस्किएकाे र अहिले सम्म नफर्केकाे बहिनी निर्मला खवाहाङले वताउनुभयाे ।

बेपत्ता लिम्बुकाे खाेजिकाे लागि प्रहरीमा उजुरी दिईसकेकाे र आफुहरु पनि खाेजि गरिरहेकाे आफन्तले वताएका छन् । लिम्वुलाई यदि कसैले भेटे नजिकैकाे प्रहरी कार्यालय वा उनका भाई यूवराज लिम्बू काे माेवाईल नं ९८४१२४७९६२/९८४२०६१८१२ मा फाेन गरि जानकारी गराईदिन आफन्तले अनुराेध गरेका छन् ।

25Shares