धनकुटामा निशेध आदेश जारी


धनकुटा २२ बैसाख, कोरोना भाईरस धनकुटा नगरपालिका क्षेत्रमा तिव्र रुपमा फैलदै गएपछि आज राती १२ बजे देखी बैसाख समान्त सम्म धनकुटा नगरपालिका क्षेत्रमा निशेधआदेश जारी गरेको छ ।
धनकुटा जिल्ला क्रासिस मेनेजमेन्ट कमिटिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको अध्यक्षतामा आज सम्पन्न भएको बैठकले धनकुटा नगर क्षेत्रमा आज राती १२ बजे देखी बैसाख मसान्त सम्म निशेधआदेश जारी गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले विहान ६ बजे देखी ९ बजे सम्म र साझ ४ बजे देखी ६ बजे सम्म दैनिक उपभोग्य समाग्रीहरु र अत्यवाश्यक समाग्रीहरुको पसल खुल्ला रहने र अन्य सम्पूर्ण पसल तथा व्यावसायहरु बन्द गर्ने निर्णय गरेकोले सोही अनुसार गर्न धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।
निशेध आदेशको समयमा सम्पूर्ण व्यावसाय तथा पसलहरु निजि तथा सार्वजानिक भाडाकाका सवारी साधनहरु बन्द रहने तर दैनिक उपभोग्य तथा अत्यावाश्यक समाग्रीहरु ,फोहर बोक्ने,एम्बुलेन्स लगायतका साधनहरु संचालन हुने भएको छ ।
विहान र साझ तोकिएको समयमा आफुलाई चाहिने दैनिक उपभोग्य सामाग्रीहरु लगायत अत्यावाश्यक समाग्रीहरु विक्रि वितरण तथा किन मेल गर्न समेत व्यापारी तथा आम उपभोक्ताहरुलाई धनकुटा उद्योग बाणिज्य संघले अपिल गरेको हो ।
दैनिक उपभोग्य तथा अत्यावाश्यक सामाग्रीहरु विक्रि वितरण तथा खरिद गर्दा अनिवार्य माक्स लगाई समाजीक दुरी समेत कायम गरी सुरक्षित ढंगले गर्न समेत धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले अपिल गर्नु भएको छ ।
धनकुटा नगरपालिका क्षेत्रमा आज सम्म चार दर्जन भन्दा बढीलाई कोरोना संक्रमित भैसकेको र फैलने क्रम दैनिक तिव्र रहेको छ ।