तेह्रथुमको छथरमा बृद्वबृद्वा भत्ता टाेल टाेलमा वितरण


वैशाख २३ तेह्रथुम ।

तेह्रथुम जिल्लाकाे छथर गाउँपालिका ३ नं. वडा कार्यालयले नेपाल सरकारकाे कार्यक्रम अन्तर्गत प्रत्येक चार – चार महिनामा वितरण गरिने बृद्वबृद्वा, विदुवा र एकल महिला भत्ता टाेल टाेलमा केन्द्र निर्धारण गरि वितरण गरिएकाे छ ।

हाल काेभिड – १९ काे नयाँ भेरियन्ट राेगकाे संक्रमणदर दिन दिनै बड्दाे क्रममा रहेकाे हुदाँ उक्त राेगकाे नियन्त्रण तथा राेकथाम गर्ने उदेश्यले बृद्वबृद्वालाई टोलटोलमा वितरण गर्न शुरु गरिएको हो ।

सहज रुपमा सेवा सुविधा प्रदान गरी भिडभाडकाे चाप घटाउने भन्दै छथर गाउँपालिकाकाे ३ नं. वडा कार्यालयले भत्ता लिने स्वयम् ब्यक्तिकाे हातमा टाेल टाेलमा केन्द्र निर्धारण गरि बृद्वबृद्वा, विदुवा र एकल महिला भत्ता वितरण गरीएकाे ३ नं. वडा अध्यक्ष तुलसी जङ्ग थापाले बताउनु भयो ।

उक्त गाउँपालिकाकाे वडा कार्यालय मार्फत भत्ता लिईरहेका तर हाल अन्य ठाउँमा बसाेबास गरि वितरण केन्द्रमा उपस्थित हुन नसकेकाहरुलाई सप्तकाेशी वैङ्क लिमिटेडकाे जुनसुकै शाखाबाट झिक्न मिल्नेगरि व्यवस्था आफ्नाे भत्ता बुक लिएर गएमा उक्त व्यक्तिले भत्ताकाे आफ्नाे खातामा भएकाे रकम झिक्न पाउनेगरीकाे व्यवस्था मिलाई खातामा जम्मा गरिएकाे वडा सचिव टेक बहादुर कार्कीले बताउनु भएकाे छ ।