सावधान तपाईको माक्स खोई ? धनकुटा उद्योग बाणिज्य संघको अभियान


धनकुटा २५ बैसाख, धनकुटा जिल्लामा खोरना भाईरस दिन प्रतिदिन महामारीको रुपमा तिव्ररुपमा फैलदै गएपछि अहिले धनकुटा उद्योग बाणिज्य संघले धनकुटामा सावधान तपाईको माक्स खोई ? अभियान संचालन गरी सवैलाई अनिवार्य माक्स लगाई दिने अभियान संचालन गरेको छ ।
धनकुटा उद्योग बाणिज्य संघले धनकुटामा अत्यावाश्यक तथा दैनिक उपभोग्य समाग्रीहरु खरिद गर्न तोकिएको सयम विहान र साझ खरिद गर्न आउने उपभोक्ताहरु र अत्यावाश्यक कामका लागी धनकुटा आउने सर्वसाधारणहरुलाई सावधान तपाईको माक्स खोई अभियान अन्र्तगत माक्स अनिवार्य माक्स लगाउन आग्रह गर्दै माक्स वितरण गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।
धनकुटा उद्योग बाणिज्य संघले सावधान तपाईको माक्स खोई अभियान अन्र्तगत आज पनि धनकुटाका केही क्षेत्रहरुमा माक्स अनिवार्य लगाउने अभियान संचालन गरेको छ ।
धनकुटा जिल्लामा कोरोना भाईरस महामारीकै रुपमा फैलदै गएपछि कोरोना भाईरसबाट बच्नका लागी धनकुटा उद्योग बाणिज्य संघका धनकुटा जिल्लाभरी रहनु भएको पदाधिकारी तथा सदस्यहरुलाई आफ्नो बजार क्षेत्रहरु र चौकहरुमा सावधान तपाईको माक्स खोई अभियान संचालन गरी सवैलाई माक्स अनिवार्य लगाउन आग्रह गर्दै माक्स वितरण गर्न समेत धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले आग्रह गर्नु भएको छ ।