नेपाल प्रेसयुनियनद्धारा धनकुटाको पत्रकारहरुको स्वास्थ्य स्थिति वारे जानकारी दिन घर घरमा पुग्यो


धनकुटा २४ जेष्ठ
पत्रकार महासंघका प्रदेश उपाध्यक्ष सहित धनकुटामा ५ जन पत्रकारहरु कोरोना संक्रमित भएकोमा तिन निको भएको २ होम आईशोलेशसनमा,,
नेपाल प्रेस युनियन धनकुटाले धनकुटाका पत्रकाहरुको स्वास्थ्य स्थितिको वारेमा जानकारी लिन संक्रमितहरुको घर घरममा गई कोरोना संक्रमित पत्रकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । नेपाल पत्रकार महासंघका प्रदेश नम्वर १ का उपाध्यक्ष तथा नेपाल प्रेस युनियन धनकुटा शाखाका अध्यक्ष हिमा चेम्जोङ्ग आज साझ देखी कोरोना संक्रमित हुनु भएको छ ।
कोराना संक्रमित हुनु भएका नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद तथा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका कार्यकारी सदस्य विजय शेखर श्रेष्ठ लगायतका पत्रकाहरुको घरघरमा गई नेपाल प्रेस युनियन धनकुटा शाखाका तर्फबाट भेटघाट गरी उहाहरको स्वास्थ्य लाभको कामना गरिएको नेपाल प्रेस युनियन धनकुटाका कोषाध्यक्ष पूर्ण चौधरीले वताउनु भयो ।
नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका प्रभार विभाग प्रमुख समेत रहनु भएका धनकुटा कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटा शाखाका निर्वतमान अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद राजेश्वर वहादुर श्रेष्ठ,नेपाल प्रेस युनियन धनकुटा शाखाका कोषाध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्ण चौधरी लगायतका पत्रकारहरुले पत्रकाहरुको घर घरमा गई उहाहरुको स्वास्थ्य स्थितिको वारेमा जानकारी लिई संक्रमित पत्रकारहरुको स्वास्थ्य लाभको कामना गर्नु भएको थियो ।
नेपाल पत्रकार महासंघका प्रदेश नम्वर १ का प्रदेश कार्य समितिका उपाध्यक्ष तथा नेपाल प्रेस युनियन धनकुटा शाखाका अध्यक्ष हिमा चेम्जोङ्गको आज साझ एनटिजेन परिक्षणको रिर्पोटमा कोरोना संक्रमित भएको देखिएको नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले वताउनु भएको छ ।
धनकुटामा क्रियाशिल ५ जना पत्रकारहरुमा कोरोना संक्रमित भएकोमा तिन जना निको भैसकको र दुई जना अहिले होम आईशोलेसनमा रही उपचार गराईरहनु भएको नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरी वहादुर लम्जेलले वताउनु भयो ।
नेपाल पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्ष समेत रहनु भएका नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा नेपाली कांग्रेस धनकुटा जिल्लाका सचिव प्रचार विभाग प्रमुख विजय सन्तोषी राईले सवै संक्रमित पत्रकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै कोरोना संक्रमित पत्रकाहरको उपचारमा सहयोग गर्ने वताउनु भयो ।