नेपाली कांग्रेसका युवा नेता कमोट फागोद्वारा धनकुटाको विभिन्न गाउँपालिकामा ८० हजार बराबरको स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

131Shares

जेठ २५ धनकुटा ।-नरेन्द्र कश्चित

नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस धनकुटाका युवा नेता कमोट फागोद्वारा धनकुटाको चौविसे, सहिदभूमि तथा साँगुरीगढी गाउँपालिकाका पार्टी सभापतिहरुलाई ८० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ ।

पछिल्लो चरण धनकुटा जिल्लामा कोरोना भाइरस गाउँगाउँमा तिव्र फैलिदै गएपछि यसको रोकथाममा टेवा पुराउने उद्देश्यले स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको नेपाल तरुण दल पूर्व केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस धनकुटाका युवा नेता फागोले जानकारी दिनु भयो ।

चौविसे गाउँपालिकामा सर्जिकल मास्क ३ हजार थान,सेनिटाइजर १ सय ५० एमएलको १ सय थान,भिटामिन सि २०० फाइल,सिटामोल १ सय फाइल, अक्सिमिटर ७ थान र दुई ग्यालेन सेनिटाइजर १० लिटर नेपाली कांग्रेसका युवा नेता फागोबाट प्राप्त भएको चौविसे गाउँपालिकाका पार्टी सभापति बिजु राईले बताउनु भयो ।

महामारीको विषम परिस्थितिमा प्राप्त भएको स्वास्थ्य सामाग्री चौविसे गाउँपालिका वडा नं १ देखि ८ वटै वडामा वितरण गर्न आफै लागि परेको सभापति राईले बताउनु भयो ।सभापति राईले यस अघि पनि चौबिसे गाउँपालिकाका कोरोना पोजिटिभहरूलाई घर घरैमा गई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्नु भएको थियो ।

यसैगरि नेपाली कांग्रेस धनकुटाका युवा नेता फागोद्वारा सहिदभूमि गाउँपालिकालाई समेत स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको जानकारी दिनु भयो ।नेपाली कांग्रेसका युवा नेता फागोद्वारा सर्जिकल मास्क १ हजार २ सय थान,१ सय ५० एमएलको सेनिटाइजर १ सय थान,एक ग्यालेन सेनिटाइजर ५ लिटर,अक्सिमिटर ३ थान,पखाला लाग्दा खाने औषधी जिङ्क २ बट्टा ,ज्वरो आउदा खाने सिटामोल २ सय फाइल,भिटामिन सि १ सय फाइल प्राप्त भएको सहिदभुमि गाउँपालिकाका सभापति तिर्थ राईले जानकारी दिनु भयो ।फागोद्वारा प्राप्त स्वास्थ्य सामाग्री सहिदभूमि गाउँपालिकाको संक्रमित वडाहरूमा वितरण गरिने सहिदभूमि गाउँपालिकाका पार्टी सभापति राईले बताउनु भयो ।सभापति राईले यसअघि नै सहिदभूमि गाउँपालिकामा १ लाख ३१ हजार बराबरको स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरि सक्नु भएको छ ।

131Shares