कोरोना संक्रमित धनकुटाका पाच पत्रकाहरुको घर घरमा गई पुग्यो पत्रकार महासंघ

0Shares

धनकुटा २६ जेष्ठ, कोरोना संक्रमित हुनु भएका नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ का प्रदेश कार्य समितिका महिला उपाध्यक्ष हिमा चेम्जोङ्ग सहित धनकुटाका कोरोना संक्रमित पाच जना पत्रकाहरुको स्वास्थ्य स्थितिको वारेमा जानकारी लिन आज नेपाल पत्रकार महासंघ धनकुटाका टोली उहाहरुको घर घरमा पुगेका छन ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई,नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष विजय सन्तोषी राई,पूर्व अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष विदुर खवास,सचिव हरी वहादुर लम्जेल,सहसचिव पूर्ण चौधरी,पूर्व कोषाध्यक्ष नारायण कुमार राई लगायतका पत्रकाहरुको टोलीले महासंघका प्रदेश उपाध्यक्ष हिमा चेम्जोग सहित पाच जना पत्रकाहरुको घर घरमा गई उहाहरको स्वास्थ्य स्थितिको वारेमा जानकारी लिएको हो ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ प्रदेश कार्यसमितिका महिला उपाध्यक्ष हिमा चेम्जोग,महासंघ धनकुटा शाखाका कार्यकारी सदस्य विजय शेखर श्रेष्ठ,सदस्य निशु सुब्बा कोरोना संक्रमित भई होम आईशोलेसनमा चिकित्सकहरुको परार्मशमा उपचार गराईरहनु भएको र नेपाल दलित पत्रकार संघका १ नम्वर प्रदेश अध्यक्ष तथा धनकुटा शाखाका सदस्य नैन विश्वकर्मा र नेपाल पत्रकार महासंघ धनकुटाका सदस्य पेमा मादेम्मा कोरोना संक्रमित भई भरखर कोरोना मुक्त हुनु भएको नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सचिव हरी लम्जेलले वताउनु भयो ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाले उहाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाहरु सवैलाई स्वास्थ्य तथा सुरिक्षत समाग्रीहरु र केही पोसिलो खानेकुरा उपलब्ध गराएको छ ।
यस अघिनै नेपाल प्रेस युनियन धनकुटा शाखाको तर्फबाट पनि धनकुटाका कोरोना संक्रमित पत्रकारहरुको घर घरमा गई शिघ्र स्वास्थ्य लाभका कामना गर्दै सुरक्षित तथा स्वास्थ्य सामाग्रीहरु र पसिलो खानेकुरा प्रदान गरेको धनकुटा शाखाका कोषाध्यक्ष पूर्ण चौधरीले वताउनु भयो ।

0Shares