धनकुटामा असार ३ गतेसम्म निशेधाज्ञा थप

0Shares

जेठ २६ धनकुटा ।

जिल्ला प्रशासन कार्यालय धनकुटाद्वारा बुधबार रातको १२ बजेदेखि असार ३ गतेसम्मका लागि निषेधाज्ञाको समय थप गरेको छ ।

कोरोना भाइरस संक्रमण तीव्र वृद्धि हुदै जान थालेपछि जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेध आदेश थप गरेको हो ।

यसअघि जेठ २५ गतेसम्म थप गरिएको समय अवधि सकिएपछि पुनः ८ दिनका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिनुभयो ।

निषेधाज्ञाको समयमा अत्यावश्यक दैनिक उपभोग्य वस्तुका पसल बिहान ७ देखि १० बजेसम्म खुला हुनेबाहेक अन्य सम्पूर्ण व्यवसाय तथा पसल, निजी, सार्वजनिक भाडाका सवारी साधनहरु बन्द गरिने छ ।बैंक तथा वित्तीय संस्था आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान ८ देखि ११ बजेसम्म संचालन गरिने निर्णय गरिएको छ भने बजार पसलको अवस्थाबारे उद्योग वाणिज्य संघ धनकुटाले निरन्तर अनुगमन गर्ने जनाएको छ ।

A view of the Dhankuta District Administration Office, in Dhankuta, on Sunday, March 29, 2020. Photo: Khagendra Prasad Ghimire/THT

दैनिक उपभोग्य तथा अत्यावश्यक सामाग्री, फोहर बोक्ने सवारी साधन, एम्बुलेन्स, प्रेसका साधनलाई भने सञ्चालन हुन दिइने जिल्ला प्रशासनले जनाइएको छ ।

0Shares