धनकुटा कोरोना अस्पताल तथा आईशोलेसन सेन्टर धनकुटामा चिकित्सक स्वास्थ्यकर्मी,संक्रमित विरामीहरु र विरामीका कुरुवाहरुसंग छलफल

0Shares

धनकुटा २८ जेष्ठ ,धनकुटामा संचालन भैरहेको कोरोना अस्पताल तथा आईशोलेसन सेन्टर धनकुटाको आज निरिक्षण तथा अवोलकन पछी छलफल कार्यक्रम सम्पन्न भयो ।
धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माको सक्रिय नेतृत्वमा उत्कृष्ट ढंगबाट संचालन भैरहेको धनकुटा कोभिड अस्पताल तथा धनकुटा आईशोलेसन सेन्टरको आज धनकुटा उद्योग बािणज्य संघका अध्यक्ष विजय सन्तोषी राइ,सचिव श्रीराम रायोमाझी लगायतका पत्रकारसहितको टोलीले प्रत्यक्ष रुपमा निरिक्षण तथा अवलोकन गरी चिकित्सक,स्वास्थ्यकर्मी,कोभिड विरामीहरु र विरामीका भिजिटरहरुसंग छलफल गरेको हो ।
धनकुटा उद्योग बाणिज्य संघका टोेलीसंग सो अवसरमा धनकुटा अस्पतालका प्रमुख डां पुजन विश्वकर्माले छलफल गर्दै अहिले धनकुटा कोभिड अस्पताल र धनकुटा आईशोलेसन सेन्टरबाट भैरहेको सेवाको वारेमा जानकारी दिनु भयो ।
भने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले धनकुटा कोभिड अस्पताल तथा आईशोलेसन सेन्टर धनकुटाबाट भैरहेको सेवा प्रवाहलाई अझ राम्रो ढंगबाट संचालन गर्न सहयोग र समन्वय गर्ने चिकित्सक,स्वास्थ्यकर्मी,कोभिडका उपचारत विरामीहरु र विरामीका कुरुवाहरुलाई जानकारी दिदै विश्वास दिलाउनु भयो ।
धनकुटा कोभिड अस्पताल तथा आईशोलेसन सेन्टर धनकुटा औद्योगिक ग्राममा अहिले ११ जना र कोभिड आकस्मिक कक्ष धनकुटा अस्पतालमा ११ जना गरी जम्मा २२ जना कोरोना संक्रमित विरामीहरु उपचार गराईरहेका छन ।
धनकुटा कोभिड अस्पतालमा धनकुटा अस्पतालका प्रमुख डा.पुजन विश्वकर्मा सहितको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट राम्रो उपचार भैरहेकाले धनकुटा जिल्लाका अवला तेह्थुम,संखुवासभा,भोजपुर जिल्लाबाट समेत कोरोना संक्रमितहरु उपचारका लागी आउनु गरेका छन ।

0Shares