धनकुटामा १ हजार बढीले कोरोना विरुद्धको भेरोसिल खोप लगाए

0Shares

जेष्ठ २८ धनकुटा ।

धनकुटाका १ हजार २ सय ४७ जनाले कोरोना भाईरस विरुद्धको भेरोसेल खोप लगाएका छन् ।

जिल्लामा हिजो र आज सञ्चालित खोप कार्यक्रम अन्तर्गत उल्लेखित १ हजार २ सय ४७ जनाले खोप लगाएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गरागाईले जानकारी दिनुभयो ।

महालक्षमी नगरपालिकाका १ सय ५५, पाख्रीवास नगरपालिकाका ३२, छथरजोरपाटी गाउँपालिकाका १ सय ५४, शहिदभूमि गाउँपालिकाका ७१, चौविसे गाउँपालिकाका २२, सागुरीगढी गाउँपालिकाका १ सय १७ र धनकुटा नगरपालिकाका २ सय २६ गरि जम्मा ७ सय ७७ जनाले खोप लगाएका हुन् ।

यसअघि हिजाे ४ सय ७० जनाले खाेप लगाएका थिए । सरकारले छिमेकी मुलुक चिनबाट सहयोग स्वरुप प्राप्त गरेको भेरोसेल नामक खोप जिल्लाका नागरिकलाई लगाईएकाे हाे ।

0Shares