धनकुटा वडा नं. १ को विश्वकर्माटोल कोरोना संक्रमण मुक्त घोषणा


जेष्ठ २८ धनकुटा ।

धनकुटा नगरपालिका वडा नं १ विश्कर्मा टोलका कोरोना संक्रमित कोरोना मुक्त भए पछि आज उक्त टोललाई कोरोना मुक्त भएको घोषणा गरिएको छ ।

वडा नं १ को विस्कर्मा टोलमा ३२ जना कोरोना संक्रमित पूर्णरुपमा कोरोनाबाट निको भएपछि एक कार्यक्रमका बिच नगर प्रमुख चिन्तन तामाङ र वडा अध्यक्ष निरन तामाङद्वारा कोरोना मुक्त घोषणा गरिएको टोलविकास समितिका अध्यक्ष तथा नेकपा एमाले धनकुटाका जिल्ला सदस्य मान बहादुर विश्कर्माले जानकारी दिनु भयो ।

संक्रमित सबै होम आईसोलेसनमा बसेका थिए । उनिहरुको पिसिआर टेस्टमा सबैको नेगेटिभ देखाएपछि , टोलमा उत्पादन गरिएको साग सब्जि,खसी बोका,बंगुर विक्रि गर्न समेत गाह्रो अवस्था आएको कारण कोरोना मुक्त घोषणा गरिएको नेकपा एमालेका जिल्ला सदस्य विश्वकर्माले बताउनु भयो ।

टोलको आम जनतामा कोरोना संक्रमण फैलिदा नियन्त्रणका लागि स्थानीय सरकार र नेकपा एमाले पार्टीको सहयोगबाट संक्रमण मुक्त गर्न सम्भव भएको जिल्ला सदस्य विश्वकर्मा बताउनुभयो ।