धनकुटामा ३३ जना कोरोना मुक्त, जिल्लाभरिमा आजसम्म ८ सय १२ जना संक्रमण मुक्त

0Shares

जेष्ठ २८ धनकुटा ।

धनकुटा जिल्लामा आज ३३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ सय ४२ पुगेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रको आज ३ वजे सम्मको तथ्यांक हेर्दा पछिल्लो पटक १४ संक्रमित थपिएका छन् भने हाल जिल्लामा ४ सय ५९ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये १२ जना संस्थागत र ४ सय ३६ जना होम आईशोलेसनमा उपचाररत रहेको केन्द्रले उल्लेख गरेको छ ।

0Shares