कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले धनकुटा नगरपालिका वडा नं. ६ बाट शुरु गरे जनता बचाउ अभियान लोकप्रिय र प्रभावकारी



धनकुटा ३० जेष्ठ , धनकुटा नगरपालिका वडा नं. ६ वडा समितिले आज वडाका कोरोना संक्रमितहरुलाई पोसिलो खानेकुरा तथा स्वास्थ्य र सुरक्षित समाग्रीहरु वितरण गरी जनता बचाउ अभियान शुरु गरेको छ ।
कोरोना संक्रमितहरुलाई कोरोना भाईरसका कारण कमजोर बनाएकाले धनकुटा नगरपालिका वडा नं. ६ वडा समितिले आज आफ्ना वडाका कोरोना संक्रमितहरुलाई पोसिलो खानेकुरा तथा स्वास्थ्य र सुरक्षित सामाग्रीहर वितरण गरेको वडाध्यक्ष नेरेश श्रेष्ठले वताउनु भयो ।
धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ,वडा सदस्यहरु मिलन खड्गी,बेनु वस्नेत,हिरा देवी राई,, मुना रम्तेल ,वडा कार्यालयका सचिव छत्रजंग वस्नेत लगायतले धनकुटा नगरपालिका वडा नं. ६ का कोरोना संक्रमितहरुको घर घरमा गई पोसिलो खानेकुरा तथा सुरक्षित र स्वास्थ्य समाग्रीहरु प्रदान गर्नु भएको छ ।
धनकुटा नगरपालिका वडा नं. ६ का कोरोना संक्रमितहरुलाई डावर च्यवनप्रास,अण्डा,भिटामिन लगायतका पोसिलो खानेकुराहरु र मास्क तथा सेनिटाईजर प्रदान गरिएको वडा सदस्य हिरादेवी राईले वताईन ।
धनकुटा नगरपालिका वडा नं. ६ मा ८४ जना कोरोना संक्रमितहरु मध्य आज ६० जनालाई पोसिलो खानेकाुरा तथा स्वास्थ्य र सुरक्षित समाग्रीहरु वितरण गरिएको र भोली बाकीलाई वितरण गरिने वडा सदस्य मिलन नेवा खड्गीले वताउनु भयो ।
धनकुटा नगरपालिका वडा नं. ६ मा वडाध्यक्ष सहित पाचै जना जनप्रतिनिधिहरु नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुनु भएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु हुदै कांग्रेसको तर्फबाट विजयी हुनु भएको अन्य जिनप्रतिनिधिहरुलाई पनि कोरोनाको महामारीका कारण विपत तथा दुखमा परेका जनतालाई सहयोग र साथ दिन नेपाली कांग्रेस धनकुटाको तर्फबाट आग्रह गर्दै निर्देशन गरिएको वताउनु भयो ।
कांग्रेसको तर्फबाट बिजयी जनप्रतिनिधिहरुले धनकुटा नगरपालिका वडा नं. ६ बाट शुरु गर्नु भएको जनता बचाउ अभियान अव नेपाली कांग्रेसको तर्फबाट धनकुटा जिल्लामा विजयी हुनु भएका सवै जनप्रतिनिधिहरुले कोरोनाका महामारीमा आफ्ना सवै जनताको साथमा रही उहाहरुलाई स्वस्थ्य बनाउन र स्वास्थ्य रहनका लागी सवै किसिमको सहयोग गर्ने धनकुटा कांग्रेस सचिव विजय सन्तोषी राईले
वताउनु भयो ।
धनकुटा नगरपालिका वडा नं. ६ ले अहिले संचालन गरेको कोरोना संक्रमितहरुलाई पसिलो खानेकुरा तथा सुरक्षित र स्वास्थ्य समाग्रीहरु वितरण गदै संचालन गरेको जनता बचाउ कार्यक्रम ज्यादै प्रभावकारी भैई लोकप्रिय भएको नेपाल पत्रकार महासंघ धनकुटका निर्वतमान अध्यक्ष तथा धनकुटा नगरपालिका वडा नं. ६ का पूर्व वडाध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले वताउनु भयो ।