कोरोना बिमारीहरु तथा बिरामी निरीक्षकहरुलाई मास्क र हटबक्स प्रदान


जेष्ठ ३० धनकुटा ।
धनकुटामा सञ्चालित कोभिड अस्पताल तथा धनकुटा आईशोलेसन सेन्टर औद्योगिक ग्राममा खान खाजा प्याक गर्न हट वक्सका साथ स्वास्थ्य समाग्री र वरिपरिका वासिन्दाहरुलाई माक्स वितरण गरिएको छ । धनकुटा कोभिड अस्पताल तथा आईशोलेशन सेन्टरका कोरोना संक्रमित विरामीहरु र विरामीका भिजिटर, स्वास्थ्यकर्मीलाई खान र खाजा खुवाउनका लागि धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले खान र खाजा प्याक गर्ने हट बक्स लगायत स्वास्थ्य सूरक्षा समाग्रीहरु आईशोलेसन सेन्टरमा प्रदान गर्नु भएको हो । घरबाट तयार गरी भाडा वर्तनमा बोकेर आईशोलेसन सेन्टरमा खाना खाजा लगेर थाल, प्लेटमा पस्किएर दिन दैनिक समस्या भैरहेकोले स्वास्थ्यकर्मी,विरामीहरु र विरामकिा भिजिटहरुका लागि खाना प्याक गरेर सजिलो संग खाना तथा खाजा खुवाउन सहज होस् भनेर हट प्याक बक्स प्रदान गरिएको कांग्रेस सचिव राईले वताउनु भयो । कोभिड अस्पताल तथा आईशोलेसन सेन्टरमा रहेका विरामी र विरामीका भिजिटर, ,चिकित्सक तथा स्वास्थ्य कमीहरु संग समेत भेटघाट एवम् छलफल गर्दै उहाँले ती समाग्री प्रदान गर्नुभउको हो । साथै उहाँले धनकुटा कोभिड अस्पताल तथा आईशोलेसन सेन्टर वरिपरीका केही नागरिकहरुलाई समेत माक्स तथा स्वास्थ्य समाग्री प्रदान गर्नु भएको थियो । छलफलको क्रममा आईशोलेसनमा रहेका संक्रमितहरुको नियमित उपचार भैरहेकोले उनिहरुको स्वास्थ्यमा क्रमश सुधार हुदै आएको भन्दै केहीलाई अक्सिजन समेत लगाउनु परेको धनकुटा आईशोलेसन सेन्टरमा कार्यरत स्टार्फ नर्स श्रीजु शंकर वताउनु भयो । हाल धनकुटा कोभिड अस्पताल तथा धनकुटा आईशोलेसन सेन्टरमा १२ जना र धनकुटा कोभिड आकस्मिक कक्ष धनकुटा अस्पतालमा ११ जना कोरोना संक्रमितहरु उपचाररत रहेको अस्पताल प्रमुख डा पुजन विश्वकर्माले वताउनु भयो । धनकुटा आईशोलेसन सेन्टर तथा कोभिड अस्पताल धनकुटा औद्योगिक ग्राममा धनकुटा अस्पतालका प्रमुख डा विश्वकर्मा सहित स्टार्फ नर्स श्रीजु शंकर लगायतको टोलीले संक्रमित विरामीहरुको नियमति उपचार गरिरहेका छन् ।