उद्धोग बाणिज्य संघ धनकुटाको पुर्ब अध्यक्ष स्वर्गीय धर्मलाल श्रेष्ठको सम्मान पूर्वक अन्त्यष्टि


धनकुटा ४ असार, नेपाली कांग्रेस धनकुटाका जिल्ला कार्य समितिका निर्वाचित सदस्य तथा नेपाल नेत्र ज्योती संघ धनकुटकासभापती,धनकुटा उद्योग बाणिज्य संघका पूर्व कोषाध्यक्ष यूवा समाजसेवी प्रिय साथी रोशेष श्रेष्ठका पिता नेपाली कांग्रेस धनकुटाका अभिभावक वरिष्ठ समाजसेवी धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष स्वर्गीय आदरणीय बुबा धर्मलाल श्रेष्ठ ज्यूको पार्थिव शरिरमा विश्रान्ती मन्दिर स्थित मुलघाटको तमोर नदीमा पार्टीको चार तारे झण्डा ओढाएर सम्मान गर्दै अन्तिम श्रद्धाञ्जली गरी अन्त्यष्टि गरिएको नेपाली कांग्रेस धनकुटाले आज जनाएको छ ।
धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेहत रहनु भएका नेपाली कांग्रेस धनकुटाका अभिभावक वरिष्ठ समाजसेवी धर्मलाल श्रेष्ठको पार्थिव शरिरमा धनकुटाको विश्रान्ती मन्दिर स्थित तमोर नदीमा नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,जिल्ला सदस्य महोन वान्तवा,जिल्ला सदस्य तथा धनकुटा नगर कार्य समितिका पूर्व सभापति पुरेन्द्रलाल श्रेष्ठ,जिल्ला कार्यसमितिका पूर्व सहसचिव राजन पौडेल,धनकुटा नगर कार्य समितिका उपसभापती मिलन नेवा खड्गीले पार्टीको चार तारे झण्डा ओढाएर सम्मान गर्दै अन्तिम श्रद्धाञ्जली दिनु भएको थियो ।
७९ बर्षको उमेरमा हिजो निधन हुनु भएका वरिष्ठ समाजसेवी तथा नेपाली कांग्रेस धनकुटाका अग्रह धर्मलाल श्रेष्ठको श्रीमती गिता श्रेष्ठ,छोरी रोशी श्रेष्ठ र छोरा नेपाल नेत्र ज्योती संघ धनकुटका सभापती,धनकुटा उद्योग बाणिज्य संघका पूर्व कोषाध्यक्ष तथा नेपाली कांग्रेस धनकुटका निर्वाचित जिल्ला सदस्य रोशेष श्रेष्ठ हुनुहुन्छ ।
श्यावस प्रश्वास समस्याका कारण विरामी पर्नु भई निधन हुनु भएका वरिष्ठ समाज सेवी धर्मलाल श्रेष्ठलाई उहाका सुपुत्र रोशेष श्रेष्ठ परम्परा अनुसार दागवत्ती दिनु भएको थियो ।
स्वर्गीय धर्मलाल श्रेष्ठ केही समय शिक्षण पेशालमा संलग्न भई अधिकांस समय समाजिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो उहाले धनकुटा उद्योग बाणिज्य संघका २०५८ साल देखी २०६२ साल सम्म दुई कालयकाल अध्यक्षमा निर्वाचित भई कुशलतापूर्वक नेतृत्व प्रदान गर्नु भएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहनु भएका नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।
उहाको निधनमा नेपाली कांग्रेस धनकुटाले शोक विज्ञप्ती प्रकाशित गर्दै नेपाली कांग्रेस धनकुटाले एक सच्चा इमानदार अभिभावक गुमाएको र धनकुटाले कुसुल अभिभायवक गुमाएकोले नेपाली कांग्रेस धनकुटाले अपुरणीय क्षती पुगेको उल्लेग गरेको छ ।
नेपाली कांग्रेस धनकुटोले उहाप्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना समेत व्यक्त गरिएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।