नेताहरुमाथि लगाएको झुठा मुद्धा खारेजीको माग गर्दै धनकुटाका विपक्षी राजनैतिक दलहरुको आन्दोलन शुरु


धनकुटा २१ असार, नेपाली कांग्रेस धनकुटा सहित धनकुटामा क्रियाशिल विपक्षी राजनैतिक दलहरुको संयुक्त गठबन्धनले पाख्रिवास नगर परिषदमा भएको घट्नामा गठबन्धनका नेताहरुमाथि लगाएको झुठा मुद्धा खारेजीको माग गर्दै आज पाख्रिवास बजारमा मसाल जुलुस प्रर्दशन गर्दै आन्दोलन शुरु गरेका छन ।
नेपाली कांग्रेस धनकुटा,नेकपा माओवादी केन्द्र धनकुटा,जसपा धनकुटा र नेकपा एमाले माधव नेपाल समुहरुका प्रमुखहरुको संयुक्त भेलाले सत्ताको दवावमा दर्ता गरिएको झुठा मुद्धा फिर्ता गर्न र पाख्रिवासका मेयर सहित जनप्रतिनिधिहरुले गरेको दुव्र्यवहार तथा अभद्र व्यवहारको मुद्धा दर्ता गर्न र पक्राउ परेका वडाध्यक्षलाई तत्काल रिहाई गर्न माग गर्दै आज आन्दोलनको घोषणा गर्दै मसाल जुलुस प्रर्दशन गर्दै आन्दोलन गर्न शुरु गरेका हुन ।
धनकुटमा क्रियाशिल विपक्षी राजनैतिक दलहरुको संयुक्त गठबन्धनको बैठकले असार २१ गते साझ पाख्रिवासमा मसल जुलुस प्रर्दशन, असार २२ गते पाख्रिवासमा प्रर्दशन र सभा,असार २३ गते देखी प्रदेश सभाका सांसद तथा केन्द्रिय नेताहरुको सहभागीतामा जिल्ला प्रशासन कार्यालय धनकुटामा घेराउ र धर्ना दिने कार्यक्रम रहेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।
सत्ताको आठमा प्रहरी प्रशासनले झुठा मुद्धा दर्ता गरेर कांग्रेस लगायत धनकुटाका विपक्षी गठबन्धनका नेताहरुलाई फसाउन खोजिएको घट्नाको प्रदेश सभा र राष्टिय सभामा समेत उठाएर गृह मन्त्रीको जवाफ माग्नका लागी सांसदहरुसंग लविङ्ग गर्ने निर्णय समेत गरेको छ ।
धनकुटाका चार गठबन्धनका नेताहरुले पार्टीको निर्देशनमा पाख्रिवास नगर परिषदमा मेयर लगायतका जनप्रतिनिधिहरुले गरेको ज्यादती र दुव्र्यवहारको प्रतिवाद गर्दा १५ जनालाई झुठा मुद्धा लगाएर पक्राउ पुर्जी जारी गरेकाले उनीहरुका साट्टा विपक्षी गठनवन्धनका धनकुटा नेताहरु,सांसदहरुले धर्ना दिदै गिराफ्तारी समेत दिने निर्णय समेत गरेका छन ।
नेपाली काग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई जिल्ला सदस्य ज्ञान वहादुर गुरुग, ,नेकपा माओवादी केन्द्र धनकुटाका अध्यक्ष ऋषिराम ढुंगाना,सचिवालय सदस्य हेमचन्द्र किराती,जसपा धनकुटाका अध्यक्ष बल वहादुर राई, सहसचिव डम्वर कटुवाल,नारायण जुन राई,नेकपा एमाले माधव समुहका सचिव खगेन्द्र सुवेदी लगायतका नेताहरुले संयुक्त बठैकलाई सम्बोधन गर्दै राजनैतिक हिसावको मुद्धा भएकाले राजनैतिक ढंगले कडा प्रतिरोध गर्दै राजनैतिक ढंगलेनै समाधान गर्ने वताउनु भयो ।
धनकुटाकामा क्रियाशिल विपक्षी गठबन्धनका नेताहरुले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई र सवै धनकुटावासीहरुलाई जनप्रतिनिधिहरुबाट भएको ज्यादती र दुव्र्यवहार विरुद्ध र सत्ताको आठमा नेताहरुमाथि लगाएको झुठा मुद्धा खारेज गर्नका लागी घोषित आन्दोलनको कार्यक्रमहरुमा सक्रिय पूर्वक सहभागी हुन अपिल समेत गर्नु भएको छ ।