नेपाली कांग्रेस लगायत चार विपक्षी गठबन्धनले प्रहरीको घेरा तोड्दै धनकुटा जिल्ला प्रशासन कार्यालयमा घेराउ तथा सभा गरे


धनकुटा २३ असार, प्रहरीको घेरा तोड्दै नेपाली कांग्रेस सहित विपक्षी चार गठबन्धन दलहरुद्धारा आज धनकुटा जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा सभा गरेका छन ।
नेपाली कांग्रेस धनकुटाको पार्टी कार्यालयबाट शुरु भएको नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र,जसपा र नेकपा एमाले माधव समुहको विरोध ¥यालीले धनकुटा बजारको विभिन्न भागहरुको परिक्रमा गरी प्रहरीको घेरा तोड्दै जिल्ला प्रशासन कार्यालय धनकुटा घेराउ गरी कोण सभा गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रममा प्रदेश सभाका सदस्यहरु लिला सुब्बा,कुसुम कुमारी श्रेष्ठ,आर सि तुम्बा,धनकुटा जिल्ला समन्वय समितिका उपप्रमुख बंगला राई, नेपाली कांग्रेस धनकुटका सभापती अग्नी प्रसाद पौडेल,उपसभापती नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,सहसचिव सिता श्रेष्ठ,कोषाध्यक्ष दिनेश राई,नेकपा माओवादी केन्द्र धनकुटाका अध्यक्ष ऋषिराम ढुंगाना, सचिवालय सदस्य हेमचन्द्र किराती,नेकपा मााधव समुहका अध्यक्ष अर्जुन राई,डिप्लप राई,जसपा धनकुटाका अध्यक्ष बल वहादुर राई,उपाध्यक्ष पार्वती राइ ,विकास घिमिरे लगायतका नेताहरुले नेतृत्व प्रदान गर्नु भएको थियो ।
विरोध जुलुस तथा जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम पछी आयोजित कोण सभालाई प्रदेश सभा सदस्य आर सि तुम्बा,नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई न्याय र समानताका लागी आन्दोलनको आधिवेहरी ल्याउने वताउनु भयो ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका महासमिति सदस्य आनन्द सन्तोषी राई,घनेन्द्रराज श्रेष्ठ,जिल्ला सचिव रविन्द्र नेपाली,जिल्ला सदस्यहरु निर्मल ओझा,सुमना तिम्सिना,अम्विका परियार,गोरख वहादुर पिठाकोठे,राजेन्द्र पौडेल,अमित लो तामाग,मिन वहादुर कार्की,विर वहादुर तामाग,रुकमान तामांग, विष्णु पौडेल,मिन कार्की,गिरिजा दाहाल क्षेत्रिय सभापती जितेन्द्र राई,धनकुटा नगर सभापती दिपक मगर,छथर सभापती छत्र सुब्बा, नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष पर्शु थापा,क्षेत्रिय अध्यक्ष तिलक महत,यूवा नेता मदन घिमिरे, साजन राई,असित थापा,नेपालमहिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी,जिल्ला उपाध्यक्ष अम्विका धमला,अम्विका राई,जानुका सुन्दास कुसुम जोशी,राधा बजगाई, सभापती निरुपा राई,तरुण डिफेन्स फोर्स पाख्रिवासका संयोजक बिमल गुरुग,नेपाल तरुण दल पाख्रिवासका अध्यक्ष रवी राई,नेपका ओवादी केन्द्रका जिल्ला सदस्य सर्मिला राई ,कृष्ण कटुवाल,मुक्ति बजगाई, जसपा धनकुटा जिल्ला सदस्य सरोज राई, नगरका अध्यक्षा दिल वहादुर राई,जसपाका पाख्रिवास नगरका अध्यक्ष जितेन्द्र राई,सर्मिला राई, लगायतका सयौ नेताहरुले जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रममा सहभागीता जनाउनु भएको थियो ।
विपक्षी चार गठनबन्धनका १५ जना नेताहरुलाई लगाएको झुठा मुद्धा तत्काल फिर्ता हुनु पर्ने, पाख्रिवासका ओली पक्षीय जनप्रतिनिधिहरुबाट भएको ज्यादती र दुव्र्यवहार विरुद्ध मुद्धा दर्ता गर्नु पर्ने, पक्राउ परेका पाख्रिवास वडा नं. ४ का वडाध्यलाई बिना शर्त रिहा गर्नु पर्ने मागहरु तत्काल पुरा नगरे धनकुटा जिल्लाभरी सशक्त आन्दोलन गर्ने विपक्षी चार गठबन्धनका नेताहरुले प्रशासनलाई चेतावनी दिएका छन ।
जिल्ला प्रशासन कार्यालय धनकुटाको घेराउ गर्ने क्रममा पहरीको घेरा तोड्नेक्रममा प्रहरीले बल प्रयोग गर्दा केही नेता तथा कार्यर्ताहरुलाई समान्य चोटपटक लागेता पनि ठूलो क्षती भने नभएको चार विपक्षी गठबन्धनले जनाएका छन ।