अधिनायकबाद र स्वच्छाचारी ,भष्टाचारी ,अनी प्रतिगमनकारीको विरुद्ध तरुण डिफेन्स फोर्सले धनकुटामा शक्ति प्रर्दशन गर्दै चेतावानीका साथ मार्च पास गर्दै प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठायो ।


धनकुटा २४ असार, नेपाल तरुण दल धनकुटाले धनकुटा नगरमा आज तरुण भेला गर्दै तरुण डिफेन्स फोर्स गठन गरी मार्च पास गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधान मन्त्री समक्ष ज्ञापन पत्र पठएको छ ।
तरुण डिफेन्स फोर्स धनकुटा नगरले धनकुटा बजारमा तरुण मार्च पास गर्दै जिल्ला प्रशासन कार्यालयमा गई धनकुटा जिल्लामा ओली पक्षिय जनप्रतिनिधिहरुबाट भैरहेको ज्यादती र संघियता विपरित कार्यको विरुद्धमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्त मार्फत प्रधान मन्त्री समक्ष ज्ञापन पत्र पठएका हो ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी पन्तलाई नेपाल तरुण दल धनकुटाका अध्यक्ष दिनेश राई,तरुण दलका पूर्व सचिव तथा पूर्व नगर अध्यक्ष विजय सन्तोषी राई,क्षेत्रिय अध्यक्ष तिलक महत,नगर अध्यक्ष नरेश श्रेष्ठ,तरुण डिफेन्स फोर्स धनकुटा नगरका अध्यक्ष रत्नेश राईले ज्ञापन पत्र बुझाउदै प्रधान मन्त्री समक्ष पठाई दिन आग्रह गर्नु भएको थियो ।
प्रधान मन्त्री समक्ष पठाइएको ज्ञापन पत्रमा विपक्षी चार गठनबन्धनका १५ जना नेताहरुलाई लगाएको झुठा मुद्धा तत्काल फिर्ता हुनु पर्ने, पाख्रिवासका ओली पक्षीय जनप्रतिनिधिहरुबाट भएको ज्यादती र दुव्र्यवहार विरुद्ध मुद्धा दर्ता गर्नु पर्ने, पक्राउ परेका पाख्रिवास वडा नं. ४ का वडाध्यलाई बिना शर्त रिहा गर्नु पर्ने ,धनकुटा जिल्लाका सात वटा पालिकाहरुमा जनप्रतिनिधिहरु गरेको भष्टचारको छानमीन गर्नु पर्ने लगायतका विभिन्न मागहरु र उल्लेख गर्दै तत्काल पुरा नगरे धनकुटा जिल्लाभरी तरुण प्रर्दशन गर्ने उल्लेख गरिएको छ ।
नेपाल तरुण दल धनकुटा नगर कार्य समितिका अध्यक्ष नरेश श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको तरुण भेलाले रत्नेश राईको संयोजकत्वमा १ सय ५१ जना धनकुटा नगर तरुण डिफेन्स फोर्स गठन गरेको छ ।
उक्त तरुण भेलामा नेपाली कांग्रेस धनकुटका सचिव तथा तरुण दल धनकुटा नगरका पूर्व अध्यक्ष विजय सन्तोषी राई,नेपाली कांग्रेस धनकुटा धनकुटाका कोषाध्यक्ष तथा नेपाल तरुण दल धनकुटाका जिल्ला अध्यक्ष दिनेश राई,नेपाली कांग्रेस धनकुटा नगरका उपसभापती मिलन खड्गी,वडा नं. ९का सभापती प्रेम खत्री,नेपाल तरुण दलका जिल्ला सदस्य रुपेश श्रेष्ठ क्षेत्रिय अध्यक्ष तिलक महत,वडा नं. ६का वडा सदस्य बेणु वस्नेत,हिरा राई लगायतले तरुण डिफेन्स फोर्सले अन्याय,अत्याचार, भष्टाचार र अनियमिताको विरुद्धमा झाण्डाफोर गर्दै आन्दोलन गर्ने पर्ने वताउनु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य नगर सदस्य बिजकर्ण राईले गर्नु भएको थियो भने कार्यक्रमको संचालन तरुण नेता करुण गुरागाईले गर्नु भएको थियो ।
नवगठित तरुण डिफेन्स फोर्स धनकुटाले तरुण डे«स लगाएर धनकुटा बजारमा मार्च पास समेत गर्दै लोकतन्त्र विरोधी र स्वच्छाचारीहरुको विरुद्ध अनी अधिनायकवादीको विरुद्धमा खवरदारी समेत गरेको थियो ।