घटनाको बिरोध गर्न सयौ कार्यकर्ता पाख्रीबास पुगे


धनकुटा २८ असार ।

पाख्रीवास नगरसभा तोडफोड घटनाको विषयलाई लिएर नेकपा एमाले धनकुटाले आफ्ना सयौं कार्यकर्ता सडकमा उतारेर बिरोध जनाएको छ ।

जिल्ला अध्यक्ष राजेन्द्र कुमार राईको नेतृत्वमा जिल्ला भरीका युवा तथा अगुवा कर्याकर्ता पाख्रीवास पुगेर घटनाको बिरोध गरेका छन ।
पार्टीले खबरदारी गर्दै धनकुटा,हिले हुँदै पाख्रीवास बजार सम्म युवाहरुको मार्चपास गरेको थियो ।
मार्चपास पछि बिरोध जुलुस नगर परिक्रमा गरेर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई जिल्ला समन्वयन समितिका सभापति टक चौहान,कपा एमाले पाख्रीवास नगर कमिटी अध्यक्ष शान्तिराम गौतम,राष्टिय युवा सघ नेपालका केन्द्रिय सदस्य तथा धनकुटा ईन्चाज वलदिप राई र पाख्रीबास नगरपालिकाका मेयर बृष बहादुर राईले सम्बोधन गर्नु भएको थियो ।
बिरोध सभामा प्रदेश नं.‘क’ का सभासद् निरन राई ‘ख’ का ईन्द्रमणी पराजुली स्थानिय ७ तहका प्रमुख,उप–प्रमुख,पाटीका जिल्ला सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो ।
असार १० गते नगर सभामा जनप्रतिनिधि माथी नेकपा एमाले माधव समुह र नेपाली कांग्रेस लगाएत दलहरुका कार्यकर्ताहरुले तोडफोड तथा जनप्रतिनीधिहरु माथि हातपात भएको थिए ।
घटनामा संलग्न केहि तारिखमा र केहि फरार रहेका छन् ।