Rai Is King राजेश पायल राईको बहुप्रतिक्षित गित ‘देम सारो’ सार्बजानिक।तीन राई किङ्ग एकै ठाउँमा


असोज ९

सर्वप्रिय गायक राजेश पायल राईको बहु प्रतिक्षित ‘देम सारो’ गीतको भिडियो सार्वजनिक भएको छ ।

दर्शन नमस्ते ५ एल्बममा समाबेश हुने यो गीतको अडियो रिलिज अगाबै श्रोताको मनमा बस्न सफल भैसकेको थियो भने भिडियो पनि सार्वजनिक भएको केही घण्टामै कतारमा ट्रेन्डिङमा परिसकेको छ ।

गीत सार्वजनिक भएको केही घण्टामै कतारमा यु–ट्युबको ट्रेण्डिङ ६ मा परेको गायक राईले आफ्नो आधिकारिक फेसबुक पेजमा राखेर जानकारी दिनु भयो ।

“नेपाली गीतले अन्तर्राष्ट्रिय रुपमा समेत चर्चा पाउनु आम नेपाली संगीतकर्मीका लागि खुसीको कुरा हो ।”

कवि तथा गीतकार राजन मुकारुङको उत्कृष्ट शब्दलाई राजेश पायल राईकोनै संगीत भरेका हुन् । गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ भने गीतलाई पर्पल रेकर्डिङ स्टुडियोमा सुमन खड्का र सरन छिनामले रेकर्डिङ अनि साजन शाहले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

मेगास्टार गायक राजेश पायल राईको आफनै अफिसियल युट्युब च्यानल Rajesh Payal Rai मार्फत सार्वजनिक गरिएको भिडियोमा राजेश पायल राई, दयाहाङ राई, विल्सन बिक्रम राई र रजनी गुरुङ मुख्य भूमिकामा देखिएका छन् भने बुद्दी तामाङ बिशेष अतिथिको रुपमा देखिएका छन् ।

कमल राईले नृत्य निर्देशन गरेको भिडियोमा राई समुदायको भेषभुषा र केटाकेटीको प्रेमिल माहोल देखाइएको भने कलाकार र कोरसहरु सुन्दर ठाउँमा छमछमी नाचेका छन् ।

किरण चाम्लिङ राईको निर्देशनमा बनेको भिडियोमा बिक्रम डिसीको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ ।