कांग्रेसले ०३६ सालको छिन्ताङ हत्याकाण्डको जिम्मा लिनु पर्ने-अध्यक्ष ओली


कार्तिक २९ धनकुटा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनिल थापा नेपाली कांग्रेसमा गएसँगै ०३६ सालको छिन्ताङ हत्याकाण्डको जिम्मा कांग्रेसले लिनुपर्ने बताउनु भयो ।

धनकुटाको सहिदभूमि गाउँपालिका छिन्ताङमा नेकपा एमाले धनकुटाद्वारा आयोजना गरिएको ४३औं सहिद स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुनिल थापा हाक्काहाक्की कांग्रेस प्रवेश गरे सँगै छिन्ताङ हत्याकाण्डको जिम्मा कांग्रेसले लिन पर्ने आरोप लगाउनु भयो ।


०३६ सालको छिन्ताङ हत्या काण्ड सूर्यबहादुर थापाले गराएको आरोप लगाउदै अध्यक्ष ओलीले हत्याकाण्डको भाग लिएर सुनिल थापा कांग्रेसमा प्रवेश गरेकाले घटनाको जिम्मा पनि कांग्रेसले लिनुपर्ने बताउनु भएको हो ।

अध्यक्ष ओलीले सर्वोच्च अदालतमा भइरहेको विवादका विषयलाई लिएर भन्नु भयो-
सरकार  कै  कारणले न्यायालयमा विवाद बढेको हो ।अहिले न्यायलयका न्यायाधीशद्वारा मुद्दा नहेरेको, वकिलले दादागिरी देखाइ रहेको अध्यक्ष ओलीले आरोप लगाउनु भयो ।

एमालेले देशभर आगामी निर्वाचनमा बहुमत ल्याएर पुन: सरकारको नेतृत्वमा आउने दाबी गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा ५५ लाख बढी मत ल्याउने दाबी गर्नु भयो ।नेपाल संसारका धनी देशको स्त्तरमा १० वर्षभित्र पुर्‍याउने क्षमता र कार्यदिशा एमाले पार्टीसँग मात्र रहेको बताउँदै अध्यक्ष ओलीले एमालेमा प्रवेशको लहर देशव्यापी रहेको समेत बताउनु भयो ।पुष्पकमल दाहाल र माधवकुमार नेपाल देखाउने एउटा र गर्ने अर्कै तर भित्री रुपमा कांग्रेस रहेको आरोप अध्यक्ष ओलीले लगाउनु भयो ।

४३औं सहिद स्मृति सभालाई सम्बोधन गर्न एमाले स्थायी कमिटी सदस्यहरू सुवासचन्द्र नेम्वाङ र पूर्व गृहमन्त्री तथा रक्षामन्त्री रामबहादुर थापा समेत धनकुटाको सहिदभूमि गाउँपालिकाको छिन्ताङ आउनु भएपनि समय अभावका कारण बोल्न पाउनु भएन।४३औं सहिद स्मृति सभामाका स्थायी कमिटी सदस्य शंकर पोख्रेलद्वारा समेत सम्बोधन गर्नु भएको थियो ।४३औ सहिद स्मृति सभाको अवसरमा विभिन्न पार्टी छाडेर दर्जनौ संख्यामा नेकपा एमालेमा प्रवेश गरेका थिए ।