२ दिने एभोकाडो महोत्सव धनकुटामा हुने


मंसिर १ धनकुटा ।

धनकुटामा मंसिर ४ र ५ गते दोस्रो एभोकाडो महोत्सव हुने भएको छ ।

एभोकाडो कृषक समुह धनकुटाको आयोजनामा एभोकाडो महोत्सव हुन लागेको हो ।

धनकुटा नगरपालिकाको सह–आयोजनामा सम्पन्न हुन लागेको उक्त महोत्सवमा ५० वटा स्टलहरु रहने आयोजकले बताएको छ ।

धनकुटा बजारको परिचय मोड स्थित एभोकाडो स्तम्भ भएको स्थनमा हुने उक्त महोत्सव पहिलो दिन किसान तथा ब्यपारीहरुका एभोकाडो प्रदर्शन तथा बिक्रीका लागि राखिनेछ भने दोस्रो दिन एभोकाडो स्टलका साथै सरोकारवालाहरु बीच एभोकाडोको प्रबर्द्धनका बिषयमा अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिने आयोजक संस्था तथा समुहका अध्यक्ष खेमराज थापाले बताउनु भयो ।

२०७५ सालमा कृषि अभियान्ता जीवनकुरमार राईको बिषेश पहलमा धनकुटा नगरपालिकाले नगरलाई एभोकाडोको राजधानी घोषणा गरेको थियो ।

प्रति के.जी.५० रुपैंयामा बिक्री हुंदै गरेको एभोकाडो राजधानी घोषणा पछि उक्त मूल्य बढेर ४५० सम्म पुगेको थियो ।

हाल धनकुटामा प्रति के.जी. रु १५० देखी २५० सम्म मूल्य रहेको छ । एभोकाडो सकिने समयमा ४ सय ८० सम्म पुग्ने गरेको छ ।