धनकुटा पाख्रीवासको पाथिभरा मन्दिरमा आज विशेष पूजा


मंसिर ३ धनकुटा ।

धनकुटाको पाख्रीवास नगरपालिका ५ गुरुङ खोप स्थितको पाथिभरा मन्दिरमा भोलि विशेष पूजाआराधना गरिदैछ ।

मंसिर पूर्णिमाका दिन भोली मन्दिरमा विषेश पूजा आराधनाको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिले बताएको हो ।

पूजाको लागि आवश्यक तयारी पूरा भएको छ । समितिले भक्तजनहरुलाई मन्दिरमा आई पूजाआराधनामा सहभागी हुन आह्वान पनि गरेको छ । व्यवस्थापन समितिका अनुसार बर्षौ अघि आफै उत्पत्ति भएको यस मन्दिरमा प्राय भक्तजन, दशनार्थीहरुले मागेको कुरा पूरा हुने विश्वास गरिन्छ । पाख्रिवास मुख्य बजार क्षेत्र भन्दा केहि तल पर्ने यो मन्दिरमा हरेक वर्ष मंसिर पूर्णिमा,उधौलि उभौलीको अवसरमा विशेष पूजा आराधना गरिदै आएको छ । ती समयमा मन्दिरमा दर्शन र पूजा आराधनाका लागि पूर्वका विभिन्न स्थानका दर्शनार्थीहरु आउने गरेका छन् । ताप्लेजुङ पाथिभरा मन्दिर जान केही समस्या भएको खण्डमा यही मन्दिरमा पूजा आराधना गर्दा पनि भाकल पूरा हुने मान्यता समेत रहेको छ ।

आफै उत्पत्ति भएको र भक्तजनको आस्थाको यो धार्मिक स्थल प्रचार प्रसारको अभावमा ओझेलमा पर्दै आएको छ । यदि यसको व्यापक प्रचार प्रचार प्रसार, थप विकास र प्रवर्द्धन गर्न सके पाख्रीवासमा धार्मिक पर्यटक भित्र्याउन सकिने र त्यसले पाख्रीवासकै विकासमा सहयोग पुग्ने मन्दिर व्यवस्थापन समितिका सल्लाहकार श्यामप्रकाश राईले वताउनु भयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!