सेन्सर सहितको तास काठमाण्डौ भित्रियो, जुवाडे रातारात करोड्पति। हेर्नुहोस् भिडियो सहित्

18Shares

कात्तिक २५ । भर्खरै प्रहरिले अचम्म खालको तास बरामद गरेको छ। काठमाडौं स्यिउचाटार बाट महानगर प्रहरी ब्रित्त कालिमाटीले तासका अन्य उपकरण सहित बरामद गरेको हो।

प्रहरीले तास चिन्ने ‘सेन्सर’जडित जुवा सामग्री बरामद गरेको छ । यो तास अरु तासजस्तो सामान्य होइन ।
यसलाई सेन्सरले सजिलै चिन्नसक्ने र यस्ता सामग्रीसहित जुवा खेल्दा जुवाडेले जितेको जित्यै गर्नसक्छ ।

नेपालमा सर्लाही, बरहथवा निवासी निरबहादुर कार्कीले चीनबाट भित्र्याएको तास हो यो । काठमाडौंको स्यूचाटारबाट तास बरामद गरिएको हो । यो अन्य सामान्यजस्तो ता-स होइन । ‘मेसिन रिडेबल’ हो ।

निरबहादुरलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको छ । उनको साथबाट ताससँगै ३२ ओटा उपकरण पनि प्रहरीले बरामद गरेको छ । जसको मूल्य झन्डै ५० लाख रुपैयाँ बराबरको छ ।

यो कुनै चानचुने तास होइन । अत्याधुनिक प्रविधियुक्त यो तास खेल्ने बेलामा जुवाडेले आआफ्नो मोबाइलमा ‘डिभाइस’ जडान गरी तास खेल्न सक्छन् । खेलाडीको संख्या ‘रिमोट’मा ‘फिक्स’ गरेपछि तास बाँडिन्छ ।

बाँडिएको तासमा कुन खेलाडीले जित्छ भन्ने कुरा कानमा, आँखाको लेन्समा, कपडा, चस्मा, घडी, पर्समा जडान गरिएको डिभाइसले पत्ता लगाउने गरेको कालिमाटी वृत्तका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए ।

18Shares