माओवादी र एमाले पार्टी एकतामा काङ्रेसले भजो हाल्ने काम गर्दैछ: – प्रचन्ड


नेकपाका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले अरुको गालीमात्र गर्ने काँग्रेसले आफुु नसुुध्रिए बत्ति बालेर खोज्नुुपर्ने दिन आउने बताएका छन् । धरानको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले बलियो विपक्षी हुँदा राष्टलाइ हित हुने भन्दै अरुको भन्दा आफ्नो चिन्ता लिन आग्रह गरे ।
धरानको चुनावी मैदानमा आफुु र अर्का अध्यक्ष ओलीप्रति काँग्रेस नेताले गरेको टिप्पणीप्रति प्रचण्ड कडा रुपमा प्रस्तुत भएका थिए । आफुुुलाइ प्रधानमन्त्रीको पद दिएर लोभ्याउन खोजे पनि काँग्रेसको मुुख्य उदेश्य कम्युनिष्ट एकता नहोस् भन्नै रहेको आरोप लगाए । देशलाई समुुन्नत होस् भन्ने पक्षमा काँग्रेस छैन उनले भने राम्रो काम गर्नुको सट्टाअरुलाइ गाली गर्दै समय खर्च गर्दै हुनुहुन्छ ।
उनले आलोपालोबाट दोधार हुनेभन्दै एकजनाले ५ वर्ष ढुक्क सरकार चलाउने र एकजनाले पाटी सुदृढिकरणमा लाग्ने प्रश्ताव आफुुले गरेको भन्दै काँग्रेसलाइ दुुइपाटीको एकताबाट नआत्ति जनताको पक्षमा काम गर्न आग्रह गरे ।
अर्का नेता सुवास नेवाङले प्रधानमन्त्रीको सक्रियतामा लिपुुलेकमा मिचिएको नेपाली भुमि फर्काउन पहल भइरहेको भन्दै काँग्रेसले चुनावी एजेण्डामात्र बनाउन खोजेको दाबी गरे ।