प्रदेश नम्बर १ मा रेल आउने, हेर्नुहोस् कुन कुन ठाउमा आउँदैछ

14Shares

प्रदेश १ मा निर्माण हुने विद्युतिय रेलमार्गको वातावरणीय प्रभाव मुल्याङकन तयार भएको छ । नेपाल रेल विभागले पूर्व पश्चीम रेल्वे अन्तर्गत इनरुवादेखि काकरभिट्टा र विराटनगरदेखि इटहरीसम्मको रेल्वेको वातावरणीय प्रभाव मुल्याङकन तयार गरेको हो ।

विभागले विराटनगर–इटहरी रेल्वे लिङक २० दशमलव १६ किलोमिटर हुने जानकारी दिएको छ । त्यसैगरी इनरुवा काकडभिट्टासम्मको लम्बाई १ सय ६ दशमलव ५९ किलोमिटर हुनेछ । यसक्रममा कुल १ सय २६ दशमलव ७५ किलोमिटर निर्माणमा ९० अर्ब २ करोड ८२ लाख ८६ हजार खर्च हुने अनुमान गरेको छ ।

पूर्वपश्चिम रेल्वे निर्माणका क्रममा ६ सय ३५ दशमलव ७७ हेक्टर क्षेत्रफल जमिन अभिग्रहण गर्नुपर्ने विभागको भनाइ छ । सो मध्ये ५ सय १२ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य र १९ दशमलव ६० हेक्टर क्षेत्रफल वन पर्दछ ।

त्यसैगरी ३३ हेक्टर क्षेत्रफलमा घनाबस्ती रहेको बताइएको छ । हाल विराटनगर इटहरीमा १ सय ९३ परिवार प्रत्यक्ष रुपमा प्रभावित हुने विद्युतीय रेल्वे विभागका बातावरणीय प्रभाव मुल्याङक गरेका विज्ञ रिकेश चित्रकारले बताए ।

चित्रकारका अनुसार, इनरुवा काकरभिट्टा खण्डमा ३ सय ५७ घरधुरी प्रभावित हुनेछन् । यसक्रममा २ सय किलोमिटर प्रतिघण्टाको रेल्वे ट्रयाक निर्माण गर्दा ४ हजार परिवारको ५ सय १२ दशमलव ६९ हेक्टर जमिन अधिग्रहण हुनेछ ।

चित्रकारका अनुसार इनरुवा बजारबाट सुरु हुने रेल्वे सेवा पूर्वपश्चिम राजमार्गको करिब २ किलोमिटर दक्षिण हुँदै काकडभिट्टासम्म पुग्नेछ । काकडभिट्टामा मेची नदीबाट २ किलोमिटर भित्र अन्तिम स्टेशन बन्ने उनले बताए ।

कार्यक्रममा विज्ञ चित्रकारले इनरुवादेखि काडभिट्टासम्म १० वटा र विराटनगरबाट इटहरीसम्म एक स्टेशन निर्माणको प्रस्ताव गरिएको जानकारी दिए । भारतीय सहयोगमा बथनाहदेखि कटहरीसम्म रेलवेज निर्माणको काम जारी छ । नेपाल सरकारले निर्माण गर्ने लिङक रेलवेज भने कटहरी हात्तीमुडा हुँदै इटहरी स्टेशनसम्म लगेर जोडिनेछ ।

रेल्वे सेवाले पूर्वपश्चिम रेलमार्गमा पर्ने सुन्दरहरैचा, बेलबारी, पथरीशनिश्चरे, उर्लाबारी नगरपालिका र कानेपोखरी गाउँपालिका हुँदै अघि बढ्ने छ । त्यस्तै विराटनगर इटहरी लिङ्कले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, ग्रामथान गाउँपालिका र कटहरी गाउँपालिकाका हुँदै अघि बढ्ने बताइएको छ ।

यस्तै झापामा दमक नगरपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, कन्काई नगरपालिका, विर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकासम्म पुग्नेछ।

14Shares