मलेसियामा श्रमिकहरुलाई दु:खको खबर, श्रमिकहरुको न्युनतम तलब ११०० बाट बढेर १२०० हुन मा रोक


मलेसिया १ जनवरी। मलेसिया को मानब सम्साधन मन्त्रालयले हालै घोषणा गरेको यही जनवरी १ – २०२० देखी लागु हुने गरि श्रमिक हरुको न्युनतम तलब ११०० बाट बढेर १२०० हुने नितिलाई कार्यननयन गरिने छैन भनेर एस् एम इ एसोसिएसनले त्यहा का राष्ट्रिय पत्रिका सिन चिउ दैनिक लाई रिपोर्ट गरेको छ।

एसोसिएसनका प्रमुख दातुक माइकल काङले मङ्गलबार प्रस्तावित नितिको बारेमा मन्त्रालयमा बसेको बैठकमा सो पत्रिका लाई भनेको हो।

काङ काअनुसार मन्त्रालयका उप सचिब जनरल दातुक मुहद खैर रमान मुहमद अनुमारले मन्त्रिलाई यसबारेमा बिस्त्रित प्रतिबेदन पेश गर्नु अघि थप सुचना सङ्ग्कलन गर्ने आश्वासन पनि दिएका छन।

राजामानले (प्रस्तावित मजदुरी ब्रिद्धि) मन्त्री परिषद को निर्णय हो भने पनि यसबारे आधिकारिक तवरले बाँकी नै छ त्यसैले यो निती यही जनवरी १ बाट शुरु हुने छैन, यो निती कम्तिमा पनि जनवरी ८ को आगामी मन्त्री परिषद बैठक सम्म स्थगित हुनेछ।

उनले भने, श्रमिक हरुको न्युनतम तलब अचानक यसरी बढ्दा यहाँका उध्योग, कम्पनी हरुमा ठुलो असर पार्ने चेतावनी पनि दिए। आर एम ११०० बाट १०० बढेर आर एम १२०० पुराउनु बिदेशी काम्दारहरुको लागि बरदान मात्र नभएर स्थानिय श्रमिक हरु लाई तलब बढी माग्न पनि उत्प्रेरित गर्नेछ। 

पाक्तान हारापान सरकारले आफ्नो कार्यकालमा न्युनतम तलब १५०० पुराउने चुनाबी प्रतिबद्धता पुरा गर्न चाहन्छ भने यसले ब्यापारमा हुने ५०% लागत बढाउनु पर्ने हुन्छ, यदी यो सम्भब छैन भने सरकारले यो निती कार्यननयन स्थगित गर्नु पर्छ- काङ ले भने।

यो निती यही जनवरी १ देखि मलेसियाका प्र्मुख ५७ वटा शहरहरुमा लागु हुने गरि मन्त्रालयले घोषणा गरिसकेको थियो। 

सभार – स्टार अनलाइन मलेसिया