NRNA क्षेत्रीय समिती जोहोर बारु मलेसिया को आयोजना मा पीडित नेपालीको सहयोगार्थ भलिबल खेल खेलाउने ।


रमेश मल्ल 

जोहोर बारु मलेसिया

गैर आवासिय नेपाली संघ क्षेत्रीय समिती जोहोर बारु मलेसिया ले यही आउँदो सन 2020 जनवरी 25 र 26 गते पर्न गएको चाइनिज नया बर्षको छुटिलाई मध्यनजर गर्दै पीडित नेपालीको सहयोगार्थ मलेसिया ब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको छ । उक्त खेल मलेसिया को जोहोर बारु देसा चेम्बर्लाइन् स्थित बलाई पुलिस चौकी अगाडीको खेल मैदान मा जनवरी को 25 र 26 मा गर्ने भएको छ ।

मलेसियामा  समस्या मा परेको हरु को लागि एउटा छुट्टै वखती को रुपमा काम गरिरहेको  यस 

 संस्थाले यो पटक भलिबल खेल आयोजना गरि सो बाट सन्कलित रकम प्रवास मा पीडित नेपाली हरु साथै नेपाल हुने प्रकृति प्रकोप मा सहयोग गर्ने लक्ष्य राखेको कुरा समितिको अध्यक्ष मीन गुरुङले बताउनु भयो।

भलिबल खेल मा सहभागी हुन को लागि  दर्ता शुल्क Rm 801 (आठ सय एक रिङ्गेट) रहेको छ। भने फस्ट पुरुस्कार Rm 8000 (आठ हजार रिङ्गेट ) दोस्रो पुरुस्कार पुरुस्कार Rm 4000 (चार हजार रिङ्गेट ) र यसैगरी तेस्रो पुरुस्कार Rm 2000 (दुई हजार रिङ्गेट ) रहने भएको छ र साथमा अलग अलग बिद्य्यामा उत्कृष्ट तीन जना लाई र अनुसासन मा एक जना खेलाडी  लाई समेत पुरुस्कार को ब्यवस्था गरिएको छ साथै पुरुस्कृत सम्पूर्ण खेलाडी हरु लाई प्रमाणपत्र का साथै मेडल को पनि ब्यवस्था गरिएको जानकारी समितिको सचिव अर्जुन सिंह अनुरागी ले बथाउनु भयो। 

खेल मैदान पुर्णरुपमा तयार रहेको र धेरै टिम हरु सम्पर्कमा आइसकेको कुरा खेल्कुद सयोजक तथा समिति का युवा सयोजक राज बहादुर साउद ले बताउनु भयो।

गैर आवासिय नेपाली संघ क्षेत्रीय समिती जोहोर बारु मलेसिया ले मलेसिया भरी छरिएर रहनु भएका सम्पूर्ण खेल प्रेमी साथीहरू उपस्थिति भइ उक्त कार्यक्रम लाई भब्य र सभ्य पार्दिन का लागि मलेसिया भरी छरिएर रहेका भलिबल खेल प्रेमी हरुमा सादर अनुरोध गरेको छ ।

आफ्नो टिम दर्ताको को लागि गैर आवासिय नेपाली संघ क्षेत्रीय समिती जोहोर बारु मलेसिया का युवासंयोजक तथा यश कार्यक्रम का ब्यवस्थापक राज बहादु साउँद फो न 011-2662 1769 अध्यक्ष मिम गुरुङ फो न 016-781 1567 मा सम्पर्क गरि अनलाइन बाटै आफ्नो टिम दर्ता गरेर सुरक्षित गर्न सकिने कुरा को आदिकारिक जानकारी प्राप्त भएको छ ।