यमनको मरिब प्रान्तमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिकको मृत्यु

118Shares

एजेन्सी : यमनमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिक मारिएका छन् । मरिब प्रान्तमा रहेको म’स्जिदमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी शनि बार उनीहरुको मृत्यु भएको अस्पताल र सैनिक स्रोतले जान कारी दिएको छ । शनिबार भएको यस आक्रमणमा परी ७० सैनिक मारिएका मरिब अस्पताल स्रोतले पुष्टि गरेको छ ।

यमनी राष्ट्रपति आबेद्राब्बो मानसुर हादीले कायर र आतङ्ककारी आक्रमण भनि निन्दा गर्नु भएको छ ।यस घटनामा परी अरु दर्जनौँ घाइते भएका छन् र ती मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । घटनाका बारेमा हुथी विद्रोहीको तर्फ बाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

यस अघिका यस्तै क्षेप्यास्त्र आक्रमण हरुमा भने हुथी विद्रोहीहरुले जिम्मेवारी लिने गरेका थिए । सन् २०१४ देखि देशको अधिकांश भाग कब्जामा लिएको हुथी विद्रोही विरुद्ध राष्ट्रपति हादीलाई सन् २०१५ देखि साउदी अरबको गठबन्धन सेनाले समर्थन गर्दै आएको छ । मरिब प्रान्तमा रहेको मस्जिदमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिक मारिएका हुन् ।

118Shares