कोरोना भाइरस खत्रा बन्दै। मर्ने हरुको सङ्ख्या दोब्बर बढ्दै १७० जनाको मृत्यु, सन्सार भरि आपतकालिनको घोषणा।

64Shares

बिबिसी १७ जनवरी – कोरोना भाइरसको प्रकोपबाट मर्नेहरुको सङ्ख्या बढेर 170 पुगेको छ।तिब्बत ले पुष्टि गरेअनुसार यो प्रकोप चिनको प्राय सबै प्रमुख शहरहरुमा फैलिएको छ।
चिनियाँ स्वाश्थ अधिकारीहरुले पुष्टि गरे अनुसार यो प्रकोप यहि जनवरी २९ सम्ममा चिनको ७७११ मुख्य ठाउहरुमा फैलिएको थियो।यसका साथै सन्सारको अन्य १५ देशमा पनि यो सङ्ग्क्रमण पुगिसकेको छ।

बिश्व स्वास्थ्य सङ्गठन (WHO) ले कोरोना भाइरसलाई बिश्वब्यापी आपातकालिन घोषणा गर्नु पर्छ कि पर्दैन भन्ने बिषयमा बृहत बिचार गोष्ठी जेनेभामा आयोजना गर्दैछ। चिनको हुवान शहरबाट यो सङ्ग्क्रमण शुरु भए पछि विभिन्न देशबाट चीन भ्रमणमा आएका मानिसहरु आफ्नो देश फर्कनका लागि निकासी र क्वारन्टाइन योजना लागू गरका छन।
रसियाले यो सङ्ग्क्रमणबाट बच्नको लागि चिनको सुदुर पुर्बि सिमानाको ४३०० किलोमिटर वरि परि आवतजावत बन्द गरेको छ। (WHO) का महानिर्देशक ट्रेडोस अधानोम गेवेरियसका अनुसार जापन, जर्मन र भियतनाम बाट चिन भ्रमणमा आउने पर्यटक हरुमा पहिलो चोटि यो सङ्क्रमण देखिएको थियो। उनले भने, चीन बाहिर यो सङ्ग्क्रमण थोरै भए पनि यसले क्रमश: ठूलो प्रकोप ल्याउन सक्ने सम्भावना छ। किनकी यो मानव बाट मानबमा सर्ने स्वासप्रस्वास बाट सर्ने रोग हो।
सन २००० मा चिनमा भएको सार्स प्रकोप भन्दा बढी मानिसहरू यो प्रकोपबाट सङ्ग्क्रमित भैसकेको छ तर मर्ने हरुको सङ्ख्या अहिले सम्म भने कमै छ। यो रोग पनि सार्स जस्तै स्वासप्रस्वास बाट तिब्र गतिमा सर्ने रोग हो।

64Shares