फेरि अर्को भगवान आए, बिल गेट्सले कोरोना भाइरस बिरुद्ध को लडाईमा १० करोड अमेरिकी डलर दिने।

14Shares

घातक कोरोना भाइरसको संक्रमण विश्वब्यापी फैलिदै गएपछि राहतका लागि विश्वकै धनी बिल गेट्सले १० करोड अमेरिकी डलर सहयोग गर्ने भएका छन् । यो रकम भाइरस बिरुद्धको भ्याक्सिन पत्ता लगाउन, भाइरस फैलावट रोक्न, बिरामीको पहिचान र उपचार प्रभावकारी बनाउन प्रयोग गरिने भएको छ । बिल मेलिन्दा फाउण्डेशनको तर्फबाट उक्त सहयोग प्रदान गरिने भएको हो ।

यस्तै,कोरोनाको बारेमा सबैभन्दा पहिला विश्व समुदायलाई जानकारी दिने चिनीयाँ डाक्टरको पनि कोरोना भाइरसकै कारण मृत्यु भएको छ।
चीनबाट फैलिएको कोरोना भाइरसको सबैभन्दा पहिले चेतावनी दिने एक डाक्टरको कोरोना भाइरस संक्रमणबाटै मृत्यु भएको छ । वुहान सेन्ट्रल अस्पतालका आँखा विशेषज्ञ डाक्टर ली वेनलियाङ्गको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ । उनको स्वास्थ्यबारे विरोधाभासपूर्ण खबरहरु आइरहेका थिए । पछि वुहान सेन्ट्रल हस्पिटलले सामाजिक सन्जालमार्फत् उनको स्थिति गम्भीर रहेको भन्दै उनलाई जोगाउन हरसम्भव कोसिस गरिरहेको जानकारी दिएको थियो । पछि सरकारी आदेशअनुसार उनका स्वास्थ्य रिपोर्टहरु सार्वजनिक गरिएको थियो ।

चीनको सरकारी मिडियाका अनुसार डाक्टर लीले ३० डिसेम्बरकै दिन आफ्ना साथी डाक्टरहरुलाई सार्स जस्तै भा’इरसका संक्रमित वि’रामीहरु आफूले देखेको बताएका थिए । तर, स्थानीय प्रहरीले उनलाई भ्रम नफैलाउन चेतावनी दिएको थियो ।

अन्ततः डाक्टर लीले भनेकै कुरा पुष्टि भयो । निमोनियाको लक्षण जस्तै देखिने र सार्ससँग मिल्दोजुल्दो कोरोना भाइरसको कारण चीनमा पाँच सय ६० जनाभन्दा बढीको मृत्यु भइसकेको बताइन्छ । सरकारी तथ्यांकअनुसार २८ हजारभन्दा बढी मानिस यस भाइरसबाट संक्रमित छन् ।

३४ वर्षीय लीलाई चिनियाँ सामाजिक सन्जाल प्रयोगकर्ताहरुले ‘हिरो’को संज्ञा दिइरहेका छन्, जसले सही समयमै मानिसहरुलाई सतर्क गराउने काम गरेका थिए ।

यस्तै,चीन अनि विश्वमा नै कोरोना भाइरसको जालो फैलिँदै गएको समाचार सुनेपछि ती दम्पत्तीको मन बेचैन छ। दुवैको मन अस्थिर बनेको छ। कोरोना भाइरसले मान्छे मरिरहेको सुन्दा आफ्नो छोरीलाई केही भइहाल्छकी भन्ने डरले डेरा जमाएको छ उनको मनमा। पछिल्लोपटक सहाना हिउँदे बिदामा आएकी थिइन्। करिब डेढ महिनाजति बसेर उनी डिसेम्बर १९ तारिखमा चीन उडेकी थिइन्।

‘मेरी छोरी त डेरामा एक्लै बसेकी छ रे, धेरै ड’राएकी छ नी, सरकारले खै कहिले ल्याइदिने हो?’ हसानाले निन्याउरो मुख लगाएर भनिन्। हसाना जस्तै चीनमा रहेका नेपालीहरुका अभिभावकहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आफ्नो गुनासोको चाङ लिएर उभिएका थिए। बिहीबार बिहान ११ बजेदेखि ज्ञापनपत्र हातमा बोकेर मन्त्रालयका विभिन्न पदाधिकारीका धाउँदा उनीहरु थकित देखिन्थे। घरी प्रवक्ता घरी मन्त्रीको कोठामा आफ्ना आग्रहको सुनुवाइ होस् भन्ने आशाले छिर्थे। तर भित्र कसैको पनि जवाफ नआउँदा आ’क्रोश तथा नि’राशापूर्ण अनुहरा लिएर आउँथे।

14Shares