आफ्नै कामदार बिजय चौधरिले मुना कार्कीलाई हत्या गरेपछी, हेर्नुहोस रहस्य के थियो। भिडियो सहित

170Shares

ललितपुरको सानेपास्थित घरको भान्सामा अचेत अवस्थामा फेला परेकी मुना कार्कीको स्टार अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङकाअनुसार मुनाको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो। भान्सा कोठामै रगतले लत्पतिएको अवस्थामा फेला परेकी मुनालाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा उनको निधन भएको छ ।

कार्की सहित उनको घरमा ५ वर्षदेखि काम गर्दै आएका कामदार विजय चौधरीको पनि शव फेला परेको छ । चौधरीले देहत्याग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको र हालसम्म कसैलाई नियन्त्रणमा नलिएको महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए ।

प्रहरीका अनुसार उनकै घरमा राखिएका कामदारले हत्या प्रयास गरेर देहत्याग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। मुना कार्कीका पति विभिन्न भष्ट्राचार आरोप खेपेका पूर्वसचिव हुन् ।

दाङका २२ वर्षे चौधरीको शव डोरी चुँडिएर लडेको अवस्थामा भेटिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईले जानकारी दिए। पूर्वसचिव कार्की बिहान पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घटना भएको हो ।

घटना रहस्यमय देखिएको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर ललितपुरको टोलीले घटना भएको घरलाई घेरामा राखेर अनुसन्धान गरिरहेको छ।

कामदार झुण्डिएको अवस्थामा भेटिनु र श्रीमति पनि टाउकोमा चोट र नीलडाम सहित अचेत अवस्थामा भेटिएर निधन हुनुले यो घटना निकै शंकास्पद भएको र एउटा संगठित हत्या हुनसक्‍ने आशंका गरिएको छ।

दुवै शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा लगिएको छ। पोस्टमार्टमको रिपोर्ट आएपछि घट्नाको थप रहस्य खुल्ने राईले बताए।

170Shares