सुदुर पश्चिमेली नेपाली समाज मलेसियाकाे जोहोर क्षेत्रिय’ समितीले गर्याे कार्यालय उद्घाटन


फाल्गुन २८ मलेसिया (जोहोर)
सुदुर पश्चिमेली नेपाली समाज मलेसियाकाे क्षेत्रिय समिति जोहोरले मार्च ११ आइतबार को दिन अाफ्नाे कार्यालय उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ ।

सुदुरपश्चिमेली नेपाली समाज जोहोर क्षेत्रिय अध्यक्ष राजबहादुर साउदको सभापतित्व गैर आवासीय नेपाली संघ मलेसियाका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र बहादुर सिंहकाे प्रमुख अातिथ्यता तथा अन्तर्राष्ट्रिय सुदुरपश्चिमेलि नेपाली समाज दक्षीण एसिया संयोजक दिनेश खड्का’खप्तडी र गैर आवासीय नेपाली संघ मलेसिया जोहोरबारु क्षेत्रिय अध्यक्ष मिम बहादुर गुरुङकाे बिशिस्ट अाथित्यतामा गत अाइतबार कार्यालय उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे हाे ।

सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली भन्ने मुल नारा रहेको समाज मलेसियामा सन २००६ मा स्थापना भएको हाे भने जोहोरबारुमा भने सन् २०१८ राज बहादुर साउदकाे अध्यक्ष मा क्षेत्रिय समीती गठन भएकाे हाे । छोटो समयमा जोहोरबारु क्षेत्रिय समितिले बिभिन्न पिडितहरुलाई आर्थिक सहयोग, मलेसियामा रहेका सम्पुर्ण नेपालीहरुसँग भाइचाराको सम्बन्ध समन्वय र सहकार्य,सामाजिक एकतालाई एक सुत्रमा गास्दै श्रमिकहरुको समस्यालाई संस्थागत रुपमा आर्थिक सहयोग समेत गर्दै आएको छ । सुदुरपश्चिमको कला साहित्य संस्कृतिको संरक्षण सम्वर्द्धनमा समेत टेवा पुग्ने गरि बिभिन्न चाडपर्व समेत यश संस्थाले मनाउदै आएको छ ।

प्रवासमा रहेका नेपालीकाे समस्यालाई मध्यनजर गर्दै कार्यालय स्थापना गरि सेवा सुबिधा दिनु पर्छ भन्ने उदेश्यका साथ कार्यालय उद्घाटन गरिएको सुदुरपश्चिमेली नेपाली समाज जोहोर क्षेत्रिय अध्यक्ष राजबहादुर साउदले जानकारी दिनु भयाे । कार्यालय सञ्चालनमा सुदुरपश्चिमेली नेपाली समाज जोहोर क्षेत्रिय समिति प्रमुख सल्लाहकार तथा सफल व्यबसायी युवराज बमकाे मुख्य भुमिका रहेकाे बताईएकाे छ । संस्थाले उहालाई फुल माला र सम्मानपत्रले कार्यक्रमको अवसर परी सम्मान समेत गरेकाे थियाे ।

सुदुर पश्चिमेली नेपाली समाज जोहोरबारु क्षेत्रिय उपाध्यक्ष तिलक चन्द ठकुरीको स्वागत मन्तव्यबाट सुरु भएका कार्यक्रममा सुदुर पश्चिमेली नेपाली समाज मल्लका क्षेत्रिय अध्यक्ष पदमराज जोशी साहित्यीक चौतारी नेपाल मलेसिया शाखा अध्यक्ष राम प्रसाद सुबेदी संगम एनआरएनए जोहोरबारु उपाध्यक्ष हरिबहादुर बस्नेत सचिव अर्जुन सिंह प्रमुख सल्लाहकार तथा श्रमिक अगुवा रमेश मल्ल लगायतकाले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।
कार्यक्रम काे सञ्चालन सुदुर पश्चिमेली नेपाली समाज जोहोरबारु क्षेत्रिय सचिव आन्दन साउदले गर्नु भएको थियो।