नवीन कार्कीको कोरोना को कारण मृत्युु भएको झुठो खबर नफैलाउन सुदुरपश्चिमेली समाज को अनुरोध।।

70Shares

चैत्र ४/ सुदुरपश्चिमेली नेपाली समाज दक्षिण कोरियाका पुर्व अध्यक्ष नबिन कार्कीको केहि दिन अघि बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार क्रममा निधन भएको थियो ।
सुदुरपश्चिमेली नेपाली समाज दक्षिण कोरियाका पुर्व अध्यक्ष कार्कीलाई जोडिएर केहि अनलाइन मिडियाहरुले कोरोनाका कारण दक्षिण कोरियामा मृत्यु भयको भ्रामक समाचार सम्प्रेषण सामाजिक सन्जाल सोसल मिडियामा भाइरल गराएका थिए । यर्थाथ नबुझी यस्ता समाचार सम्प्रेषण नगर्न अनुरोध गरेको छ ।

उक्त समाचार प्रति सुदुरपश्चिमेलि नेपाली समाज मलेसिया क्षेत्रीय समिति जोहोर खेद प्रकट गर्दछ । उक्त भ्रामक समाचार सम्प्रेषण गर्ने अनलाइन र सोसल मिडियाहरुलाई तक्काल समाचार हटाउन आग्रह समेत गरेको छ ।

कैलाली लम्की नगरपालिका ६ स्थायी निवासी नवीन कार्की १८ महिना अघि स्वदेश फर्किनु भएको थियो । रोजगारको सिलसिलामा दक्षिण कोरियामा रहेका सुदुरपश्चिमबासिलाई समस्या पर्दा सक्रिय भएर उद्वार गर्दै आउनु भएको थियो ।

नबिन कार्की शुक्रबार छातीमा समस्या भए पछि थप स्वास्थ्य उपचारको लागि बाँकेको कोहलपुर जानु भएको थियो र स्वास्थ्य जाच गर्दा छाती र फोक्सोमा समस्या रहेको डाक्टरले बताए पछि उहालाई अस्पतालमा भर्ना गरिएको थियो। कार्की लाई आईसियुमा राखेर उपचार सुरु भएको लगभग दुई घण्टामा निधन भएको थियो ।


उहाले १० दिने छोरी ,दुई छोरा र श्रीमती सहित यो संसार छोडिएर जानु भएको हामीलाई अन्तर्राष्ट्रिय सुदुरपश्चिमेलि नेपाली समाज मलेसिया क्षेत्रीय समिति जोहोरका अध्यक्ष राज बहादुर साउदले बताउनु भयो छ । कार्कीको कोरोना भाइरस नभइ अन्य रोगका कारण निधन भएको समस्त नेपालीहरुलाई भ्रमणमा नपर्न आग्रह समेत गर्नुभएको छ । अन्तर्राष्ट्रिय सुदुर पश्चिमेली नेपाली समाज सँगै सुदुर पश्चिमेली नेपाली समाज मलेसिया क्षेत्रीय समिति जोहोरले पनि कार्कीको निधन प्रति शोक प्रस्ताव पारित गर्नु को साथै अहिले बिश्व भरी महामारी को रूपमा फैलिएको कोरोना बाट जोगिएर बस्न अनुरोध पनि गरेको छ।।

70Shares