मलेसियामा कोरोनाका कारण ३ जनाको मृत्यु, ६७३ जना सङ्क्रमित। एसियाकै खत्राको सुचिमा मलेसिया।


मार्च १९। कोरोना भाइरसको संक्र’मणले यतिखेर विश्वलाईनै तना’ब बनाइरहेको छ । दक्षिणपूर्वी एसियामा मलेसियामा सबैभन्दा धेरै मानिसहरुमा कोरोनाको संक्र’मण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको भनाइ छ ।
मलेसियामा पहिलो पटक तीनजनाको मृत्यु भएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयको अनुसार मंगलबार दुई जनाको ज्यान गएको पुष्टि गरेको हो । मलेसियामा हालसम्म ६ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।
मलेसियाका सञ्चारमाध्यमका अनुसार सारावाक राज्यको राजधानी कुचिङ शहरमा एकजना ६० वर्षे व्यक्तिको ज्यान गएको जनाएका छन् । उनी स्थानीय इम्मानुएल बाप्टिस्ट चर्चका पादरी रहेको जनाइएको छ । उनको मंगलबार ११ बजे ज्यान गएको हो।
त्यसबाहेक जोहोर राज्यमा पनि अर्का व्यक्तिको ज्यान गएको मलेसियाका सञ्चारमाध्यमले जनाएका छन् । मृ’त्यु हुनेमा ३४ वर्षे युवा छन् । उनको मंगलबार नै स्थानीय पेर्माई अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको हो र अझै एकजना ५४ वर्षिय मलेसियन नागरिक नै रहेको छ।
मलेसियामा वैदेशिक रोजगारीको क्रममा लाखौँ नेपाली कार्यरत छन् । कोरोनाको जोखिम बढ्दै गएका कारण मार्च १८ गते बुधबारदेखि मार्च ३१ सम्म मलेसियाले लकडाउन सुरु गरेको छ।