मलेसियामा कोरोना भाइरस एकै दिनमा १५३ ले बढेर ११८३ जना सङ्क्रमित, ४ जनाको मृत्यु भैसक्यो।

51Shares

चैत्र ८ / मलेसियामा कोरोना भाइरसले झन तिब्र गति लिइरहेको छ। पछिल्लो रिपोर्ट अनुसार १०३० जना बाट बढेर ११८३ जना सङ्क्रमित भैसकेको छ भने ४ जनाको मृत्यु भैसकेको छ।

कोरोनाले तिब्र रुप लिए पछि मलेसिया सरकारले वृद्धि रोक्नको लागि देश भरी आपतकालिन घोषणा गरि सकेको छ। मार्च १८ तारिख बाट मार्च ३१ तारिख सम्मको लागि २ हप्ते आपतकालिन घोषणा गरे यता ३ दिनभित्रमा १२५ बाट बढेर ११८३ जना पुगेको हो। आपतकालिन घोषणा गर्दाको समय सम्ममा कसैको मृत्यु भएको थिएन।

आपतकालिन घोषणा गरे पछि झन सङ्क्रमणको सङ्ख्या बढ्नु र मृत्यु दर बढदै जादा मलेसिया सरकारले साधरण आपतकालिन घोषणा मा अझै सुरक्षा नपुगेको र सर्बसाधरणको ध्यानकार्शण नपुगेको ठहर गरि यो आइतबार देखि मलेसिया सेनाको समेत परिचालन गर्ने निर्णय गरेको छ। यसका साथ साथै जो कोहिले सरकारले आह्वान गरेको यो नीति नियमलाई बेवास्ता गर्दछ त्यसलाई १००० रिङ्गेट जरिवाना या ६ महिनाको जेल सजयाको भागिदार हुनु पर्ने घोषणा गरेको छ।

51Shares