धनकुटाको सागुरीगढीमा कांग्रेस प्रबेशप्रति बढ्दो लहर

3Shares

पौष ९ धनकुटा ।

धनकुटाको भेडेटारमा आज पार्टी प्रवेश तथा क्रियाशिल सदस्यता वितरण कार्यक्रममा राप्रपा र नेकपाका सयौ नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरी आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
राप्रपा र नेकपा लगायत विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नु हुने २ सय ४ जना नेता तथा कार्यकर्ताहरुलाई नेपाली कांग्रेसमा स्वागत गर्दै कांग्रेसका समहमान्त्री सुनिल वहादुर थापा,केन्द्रिय आमन्त्रीत सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला सभापति अग्नी प्रसाद पौडेल,प्रवेश नम्वर १ का सासद लिला सुब्बा, जिल्ला सचिव विजय सन्तोषी राई,यूवा नेता कमट फागु,क्षेत्रिय सभापति जितेन्द्र राई,सागुरीगढी गाउपालिका सभापति यम प्रकाश मगर लगायतका नेताहरु लगायतका नेताहरुले टिका अविर माला लगाई दिनु भएको थियो ।
सो अवसरमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाले मुलुकको विद्धमान समस्याहरु समाधान गर्न नेपाली कांग्रेसले मात्र सक्ने वताउनु भयो । उहाले अहिले मुलुकमा संवैधानिक संकट आएको समेत वताउनु भयो । नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठले लोकतन्त्र संकटमा पर्दै गएकाले अव लोकतन्त्रको रक्षाका लागी कांग्रेस अग्रसर भएको वताउनु भयो ।
प्रदेश सभाका सदस्य लिला सुब्बाले हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न भएको पार्टी प्रवेश तथा क्रियाशिल सदस्यता फारम वितरण कार्यक्रममा उपसभापति नविन किशोर शाक्य,जिल्ला सचिव विजय सन्तोषी राई,जिल्ला सदस्यहरु रमेश ईवाहाङ्ग,नेपालधन राई,क्षेत्रिय सभापति जितेन्द्र राई,सागुरीगढी गाउपालिका सभापति यम प्रकाश मगर लगायतले संविधान र लोकतन्त्रको रक्षाका लागी कांग्रेसले गाउ गाउमा जागरण अभियानका साथ अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो ।
सो अवसरमा संविधान सभा सदस्य अञ्जना ताम्ली,नेपाली कांग्रेस धनकुटका सहसचिव सिता श्रेष्ठ,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्यहरु कमोट फागु,महोन वान्तवा,सुमन तिम्सिना,खेम पौडेल,निर्मल ओझा,राजेन्द्र पौडेल,पृती राई, नेपाल प्रेस युनियन धनकुटा अध्यक्ष हिमा चेम्जोङ्ग,सागुरी गढी वडा नं. ५ का वडाध्यक्ष पलक वस्नेत,सहिदभूमी गाउपालिका सभापति तिर्थ राई,छथरजोरपार्टीका सभापति छत्र सुब्बा,नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारी,नेपाल महिला संघ धनकुटका उपाध्यक्ष अम्विका धमला,नेपाल तरुण दल धनकुटाका वरिष्ठ उपाध्यक्ष धिरज साङ्वो,सचिव नरेन्द्र राई, क्षेत्रिय सचिव खड्ग लिम्बु,क्षेत्रिय सदस्य शुक्र राई,नेपाली कांग्रेसका सागुरीगढी गाउपालिका वडा सभापतिहरु,भूपेन राई, योगेन्द्र ईवा,ओम प्रकाश लिम्बु,पृती राई,विष्णु आर्चाय,विष्णु वहादुर राई,प्रकाश राई,भुपाल राई,अमल वहादुर राइले क्रियाशिल सदस्यको वारेमा छलफल गर्दै सक्रिय सहभागीता रहेको थियो ।
पार्टी प्रवेश कार्यक्रममा राप्रपा सागुरीगढीका र नेकपाबाट प्रवेश गर्नेहरुमा राधिका लिम्बु, चन्द्र याक्खा,राजेन्द्र कुमार इङ्नाम,पुस्कर लिमबु,किशान लिम्बु,ओम कुमारी राई,सुमन इवाहाङ,सुरेश कुमार नयोङहाङ्ग,,हर्क वहादुर लिम्बु,हरी भण्डारी,राम वहादुर मगर,चन्द्रकला राई,बल विर लिम्बु,राम कुमार याक्खा,सुरज लिम्बु, विष्णु याक्खा,,महेन्द्र घिमिरे,रुपेश याक्खा,विजय लिम्बु,बलि याक्खा, दिपेन थेगिम, रुपेश याक्खा, हिमाल ध्वज लिम्बु,कसम तामाङ्ग,विष्णु तामाङ्ग,राम प्रसाद मगर,सुरज लिम्बु, पदम थेगिम, राम कुमार याक्खा,अरुण घिमिरे,,सुरज लिम्बु,चित्रकला मगर ,राम प्रसाद मगर,बल विर लिम्बु,डेनिश घिमिरे, इन्द्र याक्खा,सविन याक्खा ,दामदीम राई,रुपा राई,सविन राई, महेन्द्र लिम्बु,हर्क लिम्बु लगायत २ सय ४ जना नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको क्षेत्रिय सभापति जितेन्द्र राईले वताउनु भयो ।

3Shares