धनकुटाको टोल टोलमा कांग्रेस सशक्त बनाउने।

17Shares

धनकुटा २४ पुस,
धनकुटाको टोल टोलमा कांग्रेसलाई सशक्त र सक्रिय बनाउने निर्णय गर्दै नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं. ५ को भेला आज सम्पन्न भयो ।

उक्त भेलामा नेपाली कांग्रेस उद्योग बाणिज्य समन्वय विभागका सदस्य विकाश प्रधान,नेपाली कांग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,धनकुटा नगर कार्य समितिका सभापाति रोशन श्रेष्ठ लगायतले लोकतन्त्र र संविधानको रक्षाका लागी कांग्रेस टोल टोलबाट सक्रिय भएर लाग्नु पर्ने वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं. ५ का सभापति धन कुमार राईको अध्यक्षतामा सम्पन्न भएको भेलामा वडाका उपसभापति गोविन्द राई,सदस्य भैरव पाचकोटी,नेपाल शिक्षक संघका धनकुटा नगर कार्य समितिका अध्यक्ष राम श्रेष्ठ,नेपाली कांग्रेसका सदस्यहरु टिका श्रेष्ठ,सिलु राई,सुरेश तिवारी,संदिव श्रेष्ठ,कृष्ण श्रेष्ठ,सरिन श्रेष्ठ लगायतले अव कांग्रेस नया ढंगबाट अगाडी बढ्ने वताउनु भयो । कार्यक्रमको संचालन सचिव सागर श्रेष्ठले गर्नु भएको थियो । उक्त भेलाले वडामा क्रियाशिल सदस्यता वितरण गर्ने र सर्वसत्ताबाद र अधिनायकवादको विरुद्ध वडामा सशक्त आन्दोलन गर्ने लगायतका विभिन्न निर्णयहरु समेत गरेको छ ।

17Shares