धनकुटाको डाडाँबजारमा असंवैधानिक कदमको विरुद्ध नेपाली कांग्रेसको प्रर्दशन।

27Shares

धनकुटा २५ पुस ।-नरेन्द्र कश्चित
धनकुटाको डाडाँबजारमा सरकारको असंवैधानिक कदमको विरुध्द नेपाली कांग्रेस धनकुटाले बृहत् प्रर्दशन गरेको छ ।
नेकपाको दुई तिहाईको सरकारले असंवैधानिक तवरले संसद विघटन गरेको विरुद्धमा धनकुटाको साँगुरगढी गाउपालिकाको डाडाँबजारको बसर्पाकबाट शुरु भएको वृहत ¥यालीले डाडाँबजारको विभिन्न भागहरुको परिक्रममा गरी विरोध सभामा परिणत भएको थियो ।

सरकारको गलत कदमको विरुध्दामा सबैको ध्यान न्यायलय तिर गएको धनकुटाको डाडाँबजारमा नेपाली कांग्रेस प्रदेश निर्वाचन क्षेत्रिय कार्य समिति क्षेत्र नं. १ धनकुटाले आयोजना गरेको विरोध प्रर्दशनमा सहभागी नेता तथा कार्यकर्ताहरुले वताएका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलले कांग्रेसले लोकतन्त्र र संविधानको रक्षा गर्न सशक्त आन्दोलन गर्ने वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटाका सचिव तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले अहिले सवैको आखा न्यायलय तिर गएको वताउदै संसद पुर्नस्थापना नभए कांग्रेसले निर्वाचनलाई आन्दोलनको रुपमा अगाडी बढाउदै निर्वाचनबाटै नया संसद निर्माण गर्न पनि तयार रहेको वताउनु भयो ।
नेपाली कांग्रेस प्रदेश क्षेत्रिय कार्य समिति क्षेत्र नं. १ धनकुटाका सभापति जितेन्द्र राईको अध्यक्षमा सम्पन्न भएको विरोध प्रर्दशन तथा विरोध सभामा नेपाली कांग्रेसका जिल्ला सदस्य तथा तरुण दलका पूर्व केन्द्रिय सदस्य कमोट फागु, महासमिति सदस्य दुर्गा वहादुर सुवेदी,जिल्ला सदस्यहरु हर्कमान चेम्जोग,नेपालधन राई,धनकुटा नगर कार्य समितिका सभापति रोशन श्रेष्ठ,चौविसे गाउपालिकाका सभापति बिजु राई,नेपाल महिला संघ धनकुटका उपाध्यक्ष अम्विका धमला,नेपाल तरुण दल धनकुटाका वरिष्ठ जिल्ला उपाध्यक्ष धिरज साङ्बो ,सागुरीगढी गाउपालिका वडा नं. ५ का वडाध्यक्ष पलक वहादुर वस्नेत लगायतले अव नेपाली कांग्रेसले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्दै मुलुकलाई समृद्धी बनाउने सक्ने वताउनु भयो ।
नेपाली कांग्रेस प्रदेश क्षेत्रिय कार्य समिति क्षेत्र नं. १ धनकुटाका कोषाध्यक्ष निरुपा राईले स्वागत मन्तव्य व्यक्त गर्नु भएको र कार्यक्रमको संचालन सचिव रमेश श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रममा नेपाली कांग्रेस धनकुटका महासमिति सदस्यहरु तलित चेम्जोज,रमेश राई,जिल्ला सदस्यहरु रमेश इवाहाङ,पृती राई, सागुरी गढी गाउपालिका सभापति यम प्रकाश मगर, धनकुटा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई,वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ,नेपाली काग्रेस धनकुटा नगर कार्य समितिका उपसभापति मिलन खड्गी,निर्वाचित महिला सदस्य हिरा देवी राई,नेपाल शिक्षक संघ धनकुटा नगर कार्य समितिका अध्यक्ष राम श्रेष्ठ,नेपाल महिला संघ धनकुटका पूर्व सहसचिव जयन्ती राई,नेपाली कांग्रेस सागुरगढीका यूवा नेताहरु ओम प्रकाश लिम्बु,चन्द्र लिम्बु,निर्देश लिम्बु, अर्जुन वराल,लाल वहादुर लिम्बु लगायत समेत संसद स्थापनाका लागी जोड दिदै नेतृत्व गर्नु भएको थियो ।

27Shares