धनकुटा नेकपाले बृहत भेला गर्ने।

18Shares

पौष २९ धनकुटा ।
नेपाल कम्यूनिस्ट पार्टी नेकपा धनकुटाको आयोजनामा माघ ३ गते शनिबार वृहत जिल्ला स्लास्तरिय कार्यकर्ता भेला हुने भएको छ । धनकुटाको त्रिवेणी माध्यमिक विद्यालयको प्राङगणमा हुने भेलालाई नेपाल कम्यूनिस्ट पार्टी नेकपाका केन्द्रिय सचिवालय सदस्य तथा गृहमन्त्री राम बहादुर थापा बादलले सम्वोधन गर्नुहुने कार्यक्रम तय भएको नेकपा जिल्ला कमिटी धनकुटाले जनाएको छ । त्यस्तै गरीे प्रदेश १ का मुख्य मन्त्री सेरधन राई र पार्टीका प्रदेश १ कमिटी अध्यक्ष देब राज घिमिरे लगायतले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । धनकुटामा नेपाल कम्यूनिष्ट पार्टी नेकपा धनकुटाका अध्यक्ष एवंम संघिय प्रतिनिधि सभासदस्य राजेन्द्र कुमार राई केपि ओली पक्षका हुन भने प्रदेश सभा सदस्यहरु सहित सात वटै स्थानिय तहका जनप्रतिनिधि नेता, कार्यकर्ता पनि पार्टी अध्यक्ष राईको पक्षमा रहेकाछन् । भेलामा उपस्थितीका लागि सातवटै स्थानिय तहका नेता तथा कार्यकर्ताहरुलाई अध्यक्ष राईले आह्वान गर्नु भएको छ ।

18Shares