माधब-प्रचण्ड को विशाल जनसागर ओलि बिरुद्ध यसरी खनिए।

26Shares

१० माघ, काठमाडौं/                                                  प्रधानमन्त्री केपि ओलिले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । प्रदर्शनमा अत्याधिक मात्रामा जनसहभागिता देखेपछि नेकपा प्रचण्ड-माधव समूहका अध्यक्षद्धयले जनआन्दोलनको झल्को आएको बताए ।

बिशाल प्रदर्शनमा सहभागीलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले भने, ‘जसरी जनआन्दोलनमा देशैभरी जनता जागेका थिए, आज जनआन्दोलनको झल्को देखिएको छ ।’ यो कास्टिङ मात्र भएको भन्दै उनले भने फिल्म सुरु हुन त अझै बाँकी नै रहेको बताए ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफूले दोस्रो जनआन्दोलनपछि यति विशाल प्रदर्शन देखेको बताएका छन् । १२/१४ वर्षपछि जनसागर ओर्लिएको भन्दै उनले प्रतिगमनविरुद्ध जनता जागिसकेका छन् भन्ने प्रमाणित भएको बताए ।

सभाअघि शहरका विभिन्न स्थानबाट जुलुस निस्किएको थियो । सबै जुलुस रत्नपार्कमा पुग्ने र शीर्ष नेताहरुले नेतृत्व गरेर पुतलीसडक, भद्रकाली, सहिदगेट, सुन्धारा हुँदै भृकुटीमण्डपमा पुग्ने तय भएको थियो । तर एकपछि अर्को जुलुस आउने क्रममा रत्नपार्कमा जामको अवस्था बनेको कारण  एकीकृत जुलुस निस्कन सकेन ।

त्यसपछि केही जुलुस पुतलीसडकबाट भृकुटीमण्डप पुग्यो भने त कोही सिधै सभा स्थलमा आएर मिस्सियो ।

26Shares