प्रतिनिधि सभा विघटन जनताको विश्वासप्रतिको घात हो – रकम चेम्जोङ्ग

14Shares

माघ १० धनकुटा ।-नरेन्द्र कश्चित
जनता समाजवादी पार्टी (जसपा) का केन्द्रिय कार्यकारिणी सदस्य तथा विदेश विभाग प्रमुख रकम चेम्जोङले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले प्रतिनीधिसभा विघटन गरेर जनताको विश्वास प्रति घात गरेको वताउनुभएको छ ।
जनता समाजवादी पार्टी पाख्रीवास नगरकमिटीले आज धनकुटाको पाख्रीवासमा आयोजना गरेको नगर स्तरिय कार्यकर्ता अन्तरक्रियालाई सम्वोधन गर्दै उहाँले त्यस्तो वताउनुभएको हो । कसैले विरोध नगरी आफ्नै पार्टीको आन्तरिक द्धन्दका कारण ओलीले प्रतिनीधि सभा विघटन गरेको उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले नेपाल नामको अगाडी लेखिदै आएको संघिय लोकतान्त्रिक गणतन्त्र हटाएर नेपाल मात्र लेख्ने भन्ने कुरा क्याविनेटमा उठाउनु जस्ता हर्कतले उनि लोकतान्त्रिक गणतन्त्रवादी नै होईनन् की भन्ने आशंका उत्पन्न भएको उहाँले वताउनुभयो । ओलीले दक्षिण पन्थि, प्रतिगामी सोचको कारण असंवैधानिक तरिकाले प्रतिनीधि सभा विगठन गरेका त होईनन् < भन्ने प्रश्न गर्दै चेम्जोङले यस्तो कदमले ओली आफै सकिएर जाने उल्लेख गर्नुभयो । उहाँले सु–शासन र समृद्वीका लागि समानता आवश्यक हुने भन्दै आफुले देखेको पालिकामा भएकाका कामको उदाहरण दिएर आज सवैठाउँमा भ्रष्टचार वढेको टिप्पणी गर्नुभयो । । देशमा सु–शासन भएमात्र समृद्धीको लक्ष हाँसिल गर्न सकिने उहाँको भनाई छ । अहिले काले काले मिलेर खाउभाले भनेजस्तो धनकुटाको हकमा सवै निर्वाचित प्रतिनीधिहरु ओली तर्फ लागेको उहाँले आरोप लगाउनुभयो । जनचासोको विषयमा भ्रष्टचार गर्न नहुने भन्दै आफ्नो पार्टी भ्रष्टचारको विरुद्धमा रहेको उहाँले वताउनुभयो । यदी भ्रष्टचार वढीरहे जनता समाजवादी पार्टीले त्यसको भण्डाफोर गर्ने चेतावनी समेत उहाँले दिनुभयो । उहाँले प्रधान मन्त्रि ओलीको असंवैधानिक कदमको विरोमा स–शक्त भएर लाग्न आफ्ना कार्यकर्ताहरुललाई आह्वान समेत गर्नुभयो । पार्टीका पाख्रीवास नगर उपसभापति कमल राईको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य अर्जुन थापा,जिल्ला सल्लाहकार संयोजक वल वहादुर अधिकारी, पार्टीका जिल्ला समन्वय समितिका अध्यक्ष वल वहादुर राई,प्रदेश कमिटी सदस्य सर कुमारी आठपहरिया लगायतले मन्तव्य राखेका थिए । उनिहरुले कम्युनिष्ट शासनमा अरुलाई नदेखी आफ्ना कार्यकर्तालाई मात्र भरण पोषण गर्ने,विकास निर्माणका कामहरु पक्षपातपूर्ण तरिकाले गर्ने आरोप लगाउदै यस्ता विसंगतीको एकजुट भएर विरोध गर्न आवश्यक रहेको वताएका थिए । पार्टीका नगर सभापति जितेन्द्र माङपाहाङ राई सहित सयौ कार्यकर्ताले उपस्थिती जनाएको कार्यक्रमको सञ्चालन सचिव माधव समालले गर्नुभएको थियो ।

14Shares