धनकुटामा ओलिपक्ष र माधब-प्रचण्डपक्ष बिच द्वान्द सुरु। नगर अध्यक्षलाई निलम्बन गर्यो।


माघ १० धनकुटा ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रमा देखिएको आन्तरिक द्धन्द धनकुटाका स्थानिय स्तरका सम्वन्धित पार्टीका संगठनमा पनि देखिन थालेको छ । केहिदिन अघि सम्म धनकुटामा नेकपा नेता कार्यकर्ता एकै समूहमा रहेको समचार सुन्नमा आएपनि विभाजित नेकपा प्रचण्ड-नेपाल समूहले आज धनकुटाको पाख्रीवास नगर कमिटीका अध्यक्ष शान्तिराम गौतमलाई पदबाट निलम्वन गरेको छ । पार्टीका नगर सचिव मुक्ति वजगाईका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली समूह तर्फ लागेको भन्दै गौतमलाई प्रचण्ड-नेपाल समूहको नगर स्तरिय कार्यकर्ता भेलाले नगर कमिटीको अध्यक्ष पदबाट निलम्वन गरेको हो । गौतमलाई पदबाट निलम्वन गरिए सँगै अध्यक्ष पद रिक्त रहेको र अव केही दिनमा अध्यक्ष चयन गर्ने सचिव वजगाईले वताउनुभयो । विभाजित नेकपा-प्रचण्ड नेपाल समूहका केन्द्रिय सदस्य तथा धनकुटा जिल्ला ईञ्चार्ज हेमराज भण्डारीको प्रमुख आतिथ्यमा सञ्चालित भेलामा १ नं प्रदेश सभा सदस्य कुसुम कुमारी श्रेष्ठ,जिल्ला सचिवालय सदस्य अर्जुन राई,जिल्ला युवा संघका नेता मनोज राई, पार्टीका जिल्ला सदस्य कृष्ण कटुवाल लगायतको उपस्थिती थियो । प्राप्त जानकारी अनुसार हाल पाख्रीवासमा २८ सचिवालय सदस्य मध्ये १४ जना प्रचण्ड नेपाल समूहका छन् भने अन्य ओली समूहका छन् ।