युवाहरू परिवर्तनको सम्बाहक हुन – राजिब ढुंगाना। नेबि संघ धनकुटा पुनर्गठन


माघ १२ धनकुटा
नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष राजिव ढुंगानाले यूवा विद्यार्थीहरु परिर्वतनको सम्वाहक भएको वताउनु भएको छ । नेपाल विद्यार्थी संघ धनकुटा जिल्ला कार्य समितिको पुर्नगठन तथा भेलामालाई सम्वोधन गर्दै उहाँले त्यस्तो वताउनुभएको हो । भेलामा नेपाल विद्यार्थी संघ धनकुटका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका उपसभापाति नविन किशोर शाक्यले लोकतन्त्र र संविधानका रक्षाका लागि अव विद्यार्थीहरुले सशक्त आन्दोलन गर्नु पर्नेमा जोड दिनु भयो । त्यस्तैगरी पार्टीका धनकुटाका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,नेविसंघका पूर्व केन्द्रिय सहमहामन्त्री तथा नेपाली कांग्रेस धनकुटा नगरका सभापति रोशन श्रेष्ठ, जिल्ला सदस्य निर्मल ओझा लगायतले अव यूवा विद्यार्थीहरुले मुलुकको विकास र समृद्धीका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका थिए । भेलाकै अवसरमा नेपाल विद्यार्थी संगठन धनकुटाको पुर्नगठन गरिएको छ । पुर्नगठित संगठनको सभापति बालानन्द दाहाल उपसभापतिद्धय विमर्शमान अमात्य,टेक वहादुर कुवर, सचिव सरोज धमला,सहसचिवद्धय टिकाराम पौडेल र भिम दाहाल र कोषाध्यक्षमा दुर्गा गोङ्वा रहेका छन् । अन्य सदस्यहरुमा टंक वहादुर पौडेल, सविना कार्की, विवस पोख्रेल, प्रिती राई, आकृती राई, रजनी कुलुङ,कृष्ण प्रसाद पराजुली, चन्द्र अधिकारी, दिनेश विक्रम थापा, केशव भण्डारी, समृदी थापा, अनुशिखा श्रेष्ठ, मनिशा खनाल, निशान घिमिरे, सुशिल ढुंगाना, जापनी राई, कमल वस्नेत, इन्द्र वहादुर विष्ट, सुरेन्द्र प्रसाद कटेल, मेघराज खड्का, पूर्ण वहादुर राई, सन्जोक राई, सौजन्य राई रहेका छन् । यसैवीच नेपाल विद्यार्थी संघ धनकुटा वहुमुख क्याम्पस इकाई समितिद्धारा धनकुटा वहुमुखी क्याम्पसमा आयोजित आँखा शिविरको पनि नेवि संघका केन्द्रिय अध्यक्ष ढुंगानाले उद्घाटन गर्नु भएको थियो । सूर्य वहादुर थापा स्मृती प्रतिष्ठान र नेपाल नेत्र ज्योती संघ धनकुटाको सहयोगमा सञ्चालन गरिएको हो । शिविर उद्घाटन कार्यक्रमको अध्यक्षतमा नेविसंघ धनकुटा वहुमुखी क्याम्पसका अध्यक्ष करुणा कटुवाले गर्नु भएको थियो ।