धनकुटा नेकपाले पार्टीको हित बिपरित काम गर्ने नगर सचिब सहित ७ जनालाई निस्कासन।


माघ १४ धनकुटा
नेपाल कम्युनिस्ट पार्टी नेकपा धनकुटा नगर कमीटीको बसेको पूर्ण बैठक बाट पार्टीको हित विपरित प्रतिगमनमा लाग्ने नगर सचिव सहित सात जनालाई निस्कासन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा धनकुटा नगर कमीटीका अध्यक्ष अर्जुन छाराहाङको अध्क्षतामा बसेको बैठक बाट प्रतिगमनमा लागेर पार्टीको हित विपरित काम गरेको भन्दै सचिव खगेन्द्र विष्ट सहित सात जनालाई पार्टी बाट निस्कासन गरेको हो । निस्कासनमा पर्नेहरु सुजन भाइ जोसी ,बिनिता श्रेष्ठ ,मनोज श्रेष्ठ ,रेजिना हिङमाङ ,सुमित्रा राई,चन्द्र बहादुर रसाइली,दुर्गा बहादुर राई र ईस्वर थापा रहेकाछन् । साथै बैठकले सचिव निस्कासन पछि नयाँ सचिव मनोनयन गरेको छ । नगर कमिटीको नयाँ सचिवमा चन्द्र कृष्ण ठकुरीलाई मनोनय गरेको अध्यक्ष छाराहाङ्घले बताउनु भयो ।

यता निष्काशनमा परेका सचिव विष्टले भने पार्टीकाे विधानलाई ध्यान नदिई मनाेमानि तरिकाले त्यस्ताे गरिएकाे वताउनुभयाे ।