नेविसंघ धनकटाको सपथ ग्रहण सम्पन्न।


धनकुटा १४ माघ,
नेपाल विद्यार्थी संघ धनकुटाको जिल्ला कार्य समितिको पदाधीकारी तथा सदस्यहरुको आज सपथ ग्रहण कार्यक्रम सम्पन्न भयो ।
नेपाली कांग्रेस धनकुटका उपसभापति तथा विद्यार्थी विभाग प्रमख नविन किशोर शाक्यले पुर्नगठित नेपाल विद्यार्थी संघ धनकुटा जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल विद्यार्थी संघ धनकुटका पूर्व अध्यक्षहरु नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,रविन्द्र नेपाली,कोषाध्यक्ष दिनेश राई, नेपाली कांग्रेस धनकुटा नगरका सभापति रोशन श्रेष्ठ उपसभापति मिलन खड्गी,नेपाल महिला संघ धनकुटाका उपाधयक्ष अम्विका धमला लगायतले यूवा विद्यार्थीहरुले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागी फेरी एक पटक आन्दोलन गर्नु पर्नेमा जोड दिनु भयो ।
सो अवसरमा नेपाल विद्यार्थी संघ धनकुटा जिल्लाका सभापति बालानन्द दाहाल ,उपसभापतिद्धय विर्शममान अमात्य,टेक वहादुर कुवर, सचिव सरोज धमला,सहसचिवद्धय टिकाराम पौडेल र भिम दाहाल र कोषाध्यक्षमा दुर्गा गोङ्वा र सदस्यहरु टंक वहादुर पौडेल,सविना कार्की,,विवस पोख्रेल, प्रिती राई, आकृती राई,रजनी कुलुङ,कृष्ण प्रसाद पराजुली, चन्द्र अधिकारी, दिनेश विक्रम थापा,केशव भण्डारी,सम्द्री थापा,अनुशिखा श्रेष्ठ,मनिशा खनाल,निशान घिमिरे,सुशिल ढुंगाना,जापनी राई,कमल वस्नेत,इन्द्र वहादुर विष्ट,सुरेन्द्र प्रसाद कटेल,मेघराज खड्का,पूर्ण वहादुर राई,सन्जोक राई, सौजन्य राइले सपथ दिई नेपाल विद्यार्थी संघ धनकुटालाई नया ढंगबाट परिचालिन गरी सशक्त र सक्रिय बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।