ब्रेकिङ्ग समाचार!! भर्खरै राम कुमारी झाक्रीलाई पक्राउ गरियो।


काठमाडौँ माघ २९ । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प’क्रा’उ परेकी छन् । प्रहरीले उनलाई राज्यविरुद्धको क’सुर अन्तर्गत प’क्रा’उ पूर्जी बुझाएर काडमाडौँको शंखमूलस्थित उनकै निवासबाट बिहीबार अपराह्न करिब १ बजे पक्राउ गरेको हो ।

निवासमा पुगेका प्रहरी अधिकारीले उनलाई पक्राउ पूर्जी बुझाएर पक्राउ गरेका हुन् । हालै गोरखा आयोजित एक कार्यक्रममा झँक्रीले राष्ट्रपति विरु’द्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लागेको छ ।

झाँक्रीको निवासबाहिर ठूलो संख्यामा भेला भएका कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले आफूहरु छातीमा गोली थाप्न तयार रहेको भन्दै सरकार राष्ट्रपति र प्रधामन्त्रीको नामै लिएर नाराबाजी गरेका छन् ।

गिरफ्तारी दिनुअघि झाँक्रीले निवासबाट कार्यकर्ताहरुलाई सम्बोधन गरेकी थिइन् । उनलाई प्रहरीले आफ्नो ह्यान्ड माइक दिएको थियो । उनले साद दशक लडेर कहिल्यै नखोसिने लोकतन्त्र ल्याएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले खोसेको आरोप लगाइन् ।

उनले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता विरुद्ध आफूलाई राज्यविरुद्धको अपराधमा पक्राउ पूर्जी बुझाएको बताइन् । उनले आफूप्रति सद्भाव प्रकट गर्ने सबैलाई धन्यवाद दिइन् । उनले आफ्नो निवासमा आएका प्रहरी सुरक्षाकर्मीलाई पनि धन्यावाद दिइन् ।

सम्बोधनपछि झाँक्री प्रहरीको साथ लागेर घरबाट बाहिरिएकी थिइन् । झाँक्रीका परिवारजनले कार्यकर्ताहरुलाई शान्त रहन आग्रह गरेका थिए । भिड छिचोलेर झाँक्रीलाई बाहिर निकाल्न प्रहरीलाई निकै मुश्किल परेको थियो ।

झाक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि झाक्रीको निवासमा भेला भएका नेकपा कार्यकर्ताले नारावाजी चर्को नारावाजी गर्दै प्रदर्शन गरेका थिए । ‘उनीहरुले प्रतिगमन मुर्दावाद, रामकुमारी झाक्री हाईहाई’ भन्ने नारा लगाएका थिए ।

पक्राउ पर्नुअघि झाक्रीले लोकतन्त्रको उपहास भएको प्रतिक्रिया दिइन् । ‘नागरिकले सडकमा विद्रोहको भाषा बोल्न नपाउने भन्ने हुँदैन । तानाशाहहरु ढल्ने बेलामा यस्तै हुन्छ, निभ्ने बेलाको बत्ति जस्तै’ झाँक्रीको भनाई छ ।

‘हामीले कहिल्यै नखोसिने लोकतन्त्र ल्याएका थियौं । संविधानमाथि आक्रमण भएको छ । संसद विघटन गरेर प्रतिगमनका विरुद्धमा हामीले संघर्ष गर्दा अभिव्यक्त विचारका आधारमा आज ओली नेतृत्वको सरकारले पक्राउ गरेको छ’, उनले भनिन्, ‘पक्राउ पूर्जीका आधारमा म आफ्नै निवासबाट गिरफ्तारी दिँदैछु ।’ उनले राज्यको आदेश तामेल गर्ने क्रममा खटिएका सुरक्षाकर्मीमाथि धन्यवाद पनि दिइन् ।

झाँक्री पक्राउको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले विरोध गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन, ‘राजतन्त्र भएको बेलामा ‘पम्फादेवीका नाममा रानी ऐश्वर्यले स्वीस बैंकमा पैसा राखेकी छन्’ भनेर सडकमा नारा लाग्दा कोही नसमातिएको, ‘राजा वीरेन्द्रको बंश विनाश ज्ञानेन्द्र र पारसले गरेका हुन्’ भनेर बोल्दा–लेख्दा कसैमाथि मुद्दा लगाएको नसुनिएको तर आज गणतन्त्रमा गणतन्त्रका लागि रगत बगाउने रामकुमारी झाँक्रीलाई ‘राष्ट्रपतिको आलोचना गरेको’ अभियोगमा गिरफ्तार ! हेक्का रहोस् आफूले बसालेको नजीर कुनै दिन आफैंमाथि भारी नहोस् !’