नेकपा छ्थर जोरपाटीले राष्ट्रिय युवा संघ गठन गर्यो।

13Shares

नेपाल कम्युनिस्ट पार्टी नेकपा छथरजाेरपाटि गाउँपालिकामा सुक्रबार सम्पन्न यूवा संघ भेलाद्वरा १५३ सदस्यीय राष्ट्रिय यूवा संघ गठन गर्दै सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ गाउँ कमिटी छथरजाेरपाटीकाे अायाेजनामा सम्पन्न भएको भेला बाट चन्द्र लिम्बु काे अध्यक्षतामा १५३ सदस्यीय राष्ट्रिय युवा संघ गठन गर्दै सम्पन्न भएको हाे । नवगठित युवा संघको उपाध्यक्षहरूमा सुनिल लिम्बू , दुर्गा बहादुर दर्लामि रहेकाछन् । सचिवमा माेहाेन कार्की ,सहसचिव कमल विष्ट , काेषाअध्क्षमा ईन्द्रकुमारी लिम्बू लगायत गरि १५३ सदस्य युवा संघ गठन गरेको नेकपा गाउँ कमिटी छथरजाेरपाटी धनकुटाले जानकारी दिएको छ । कार्यक्रममा छथरजोरपाटी गाउँपालिकाको ६ वटै वडाका युवाहरूको उपस्थित रहेकाे थियोे । कार्यक्रमका प्रमुख अतिथी गणेश राई (उज्जवल) ले बाेल्नु हुदै केपी ओलिले नेतृत्व गरेको पार्टी बाट मात्र देश समृद्ध बन्न सक्ने र त्यस पार्टीको गौरवमय सङ्गठनमा आबद्ध युवाहरु को यो भेलाले अब सिङो छ्थर जोरपाटी को युवा सशक्तिकरण सम्बभ रहेको बताउनु भयो । युवा संघ गठन कार्यक्रममा राष्ट्रिय युवा संघ बलदिप राई ले युवाहरु अब केपी ओलि नेतृत्व को नेकपामा एकताबद्ध भइ समाज र राष्ट्र निर्माण मा अगाडि बढ्नु पर्ने बताउनु भयो । त्यस्तै जिल्ला कमिटी सदस्य दिबेश खड्काले युवाहरुले विकास निर्माणको काममा पहलकदमी गर्नु पर्ने र युवा लक्षित कार्यक्रम ल्याउन गाउँपालिकाला रचनात्मक दबाब दिनु पर्ने बताउनु भयो । राष्ट्रिय युवा संघ छथर जोरपाटी को औपचारिक गठन को घोषणा जिल्ला युवा संघ अध्यक्ष केशर तुम्सा ले गर्नु भएको थियो । नबगठित युवा संघका पदाधिकारीहरुलाई प्रदेश माननीय इन्द्रमणि पराजुली, जिल्ला कमिटी सदस्य शिव आङ्ला लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

13Shares